सिएम मिलन र डब्लुएफएम सुजना अग्रस्थानमा


ललीतपुरमा जारी चौथो युथ तथा भेट्रान चेस प्रतियोगिताका प्राय स्पर्धामा शिर्ष खेलाडीको अग्रता रहेको छ । यु–१९ खुलामा शिर्ष खेलाडी गोल्डेनगेट चेस क्लबका सिएम मिलन लामा र सेन्टजेभियर्सका सुसन गौतम चार अंक सहित शिर्ष स्थानमा रहेका छन् ।
उनीहरुको साथमा डाइनामिक चेस एकडेमीका सुसन आचार्य र जेनस श्रेष्ठ तीन अंक सहित शिर्ष स्थानमा रहेका छन् । तेश्रो चरणमा सुसनले रामकुमार स्याङतान र जेनसले सन्जीब बस्याललाइै हराएका हुन् ।
यु–१९ महिलामा गोल्डेमगेटकै दुइ खेलाडी डब्लुएफएम सुजना लोहनी र डब्ब्लु सिएम सुरुची थिंंगको समान तीन अंक छ । यी दुइ विच हुने अन्तिम चरणको खेलले उपाधि टुंगो लगाउने छ । महिला यु–१५ स्पर्धामा डाइनामिक चेस एकडेमीकी कृपा अधीकारी चार अंक सहित शिर्ष स्थानमा रहदा स्नेहा यादवले तीन अंक जोडेकी छिन् । भेट्रान स्पर्धामा साविक विजेता जनार्दन श्रेष्ठ र रबिन्द्र शाक्य तीन अंक सहित शिर्ष स्थानमा छन् । तेश्रो चरणमा जर्नादनले सुजेन्द्र श्रेष्ठ र रबिन्द्रले पुन्यमान कमाचार्यलाई हराए । यु–१५ खुलामा चार चरणको समाप्तीमा अन्नपूर्ण उच्चमाबीका मोहम्मद अदनान अदील र भक्तपुरका निकेन कुसाथा चार अंक सहित शिर्ष स्थानमा रहेका छन् ।

Comment