बिश्व फेन्सीङ च्याम्पियनसीपमा नेपाल

यही सन् २०१७ जुलाई १८ देखि २६ तारीखसम्म जर्मनीको लिपिजमा हुने बिश्व फेन्सीङ च्याम्पियनसीप २०१७ मा नेपालको तर्फबाट नेपाल सेनाका फेन्सिङ्ग खेलाडी रमा कुमारी सिंह सहभागी हुनेछ । उक्त प्रतियोगितामा उनले महिला तर्फको फोेयल इभेण्टमा सहभागी हनेछ ।
आइतबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्ट र र्कितिपुर नगरपालिका मेयर तथा नेपाल जुडो संघका उपाध्यक्ष रमेश मर्हजनले संयुक्त रुपमा सहभागी हुने खेलाडी र अफिसियलहरुलाई विदाई गरे । सो प्रतियोगितमा नेपाल फेन्सिङ्ग संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठ र सचिव हेल्गा रायमाझी राणा अफिसियलको रुपमा सहभागी हुने छन् । टोली सोमबार त्यसतर्फ प्रश्थान जाने कार्यक्रम छ ।

Comment