युथ तथा भेट्रान बुद्धीचाल सुरु

चौथो भेट्रान तथा युथ चेस च्याम्पियनसीप चेस प्रतियोगिता शनीबार सुरु भएको छ । प्रतियोगिताको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब विष्टले उद्घाटन गरे । उद्घाटन समारोहमा एसियन जोनल थ्री प्वाइन्ट टुका प्रमुख तथा नेपाल बुद्धीचाल संघका निर्वतमान अध्यक्ष राजेशहरी विशेष अतिथी थिए । यसैगरी, नेपाल बुद्धीचाल संघका बरिष्ठ उपाध्यक्ष विदुर गौतम, उपाध्यक्ष ज्ञानेन्द्र खाइजु र महासचिव हेराकाजी मर्हजन पनि उद्घाटन समारोहमा उपश्थित थिए । नेपाल बुद्धीचाल संघ र ललीतपुर जिल्ला खेलकुद विकास समितीको आयोजनामा जारी प्रतियोगिताको ५० बर्ष भन्दा माथिको भेट्रान स्पर्धामा १३ खेलाडीको सहभागिता रहेको छ । यसैगरी, यु–१९ खुलामा ४५ खेलाडीको सहभागिता रहेको छ । यु–१५ खुलामा ५३, यु–१९ महिलामा ५ तथा यु–१५ महिलामा २० खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताका अन्य सबै स्पर्धा स्वीस लीगको आधारमा हुने छ भने महिला यु–१९ राउन्डरोबीनको आधारमा हुने छ ।
शनीबार पहिलो चरणको खेल सकिदा पहिलो चरणमा भेट्रान तर्फ शिर्ष बरियताका पूर्व राष्ट्रिय च्याम्पियन सिएम नबीन तण्डुकारका साथै एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ, पूर्व राष्ट्रिय च्याम्पियन पून्यमान कमाचार्यले जित हात पारेका छन् । यसैगरी साविक विजेता जर्नादन श्रेष्ठले पनि विजयी सुरुवात गरे । यु–१९ खुलामा सिएम मिलन लामाले जित हात पार्दा अनीस न्यौपानले पायनीरयका सुदिप तामाङलाई हराए । पहिलो चरणमा यो नै अपेक्षा गरे भन्दा फरक परिणाम थियो । कैलालीका महेश खड्काले पनि प्रतियोगितामा विजयी सुरुवात गरे । यु–१९ महिलामा डब्लुएफएम सुजना लोहनी र यु–१५ महिलामा शिर्ष बरियताकी डाइनामीक चेस एकेडेमी, दमककी खुसी मुखियाले विजय हात पारेका छन् । यसैगरी, यु–१५ खुलामा शिर्ष बरियताका खेलाडी मोहम्मद अदनान अदीलले पनि एक अंक हात पारेका छन् । सो स्पर्धामा अपिल रिमाल, अटल कोइराला,अभिनव कोइराला र युवराज पौडेलले पनि विजयी सुरुवात गरे ।

Comment