एनआरटी सेमिफाइनलमा

13edited
एनआरटी ‘एनबीए’ नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोश्रो क्वाटरफाइनलमा एनआरटीले क्लब मोसिस, जोरपाटीलाई ३–१ गोलले पराजित ग¥यो । एनआरटीले तीनै गोल पहिलो हाफमा गरेको थियो । क्लब मोसिसले दोश्रो हाफमा गोल फर्कायो ।
एनआरटीका लागि नरेन्द्र श्रेष्ठले दुई गोल गरे भने चेतनारायण श्रेष्ठले १ गोल गरे । क्लब मोसिसका नवीन पाण्डेले १ गोल फर्काए ।
नरेन्द्र ‘म्यान अफ द म्याच’ चुनिए । उनलाई एनआरटीका दीपकहर्ष वज्राचार्यले ट्रफी प्रदान गरे । एनआरटीअघि मनाङ मस्र्याङदी क्लब पहिलो टोलीका रुपमा सेमिफाइनल पुगिसकेको छ ।
प्रतियोगताअन्तर्गत मंगलबार कुनै खेल नहुने आयोजक स्पोर्ट्स फर अल क्लब नेपालले जनाएको छ ।बुधबार नाइट किङ्स क्लब, सानो गौचरण र नेपाली सेनाबीच तेश्रो क्वाटरफाइनल हुनेछ । यो खेलको विजेताले एनआरटी विरुद्ध सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

Comment