साइपाल र मल्पी सेमिफाइनलमा

4(1)edited
साइपाल एकेडेमी र मल्पी इन्स्टिच्युट ‘ए’ प्रथम ओमेगा अन्तरकलेज थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
साइपालले आयोजक ओमेगा इन्टरनेसनल कलेज ‘बी’ लाई ११–७ ले पराजित ग¥यो । मल्पी ‘ए’ ले ब्रुकलिनलाई १७–११ ले हरायो ।
ब्वाइजमै नासाको ‘ए’ र ‘बी’ दुवै टोली पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएका छन् । नासा ‘ए’ ले ज्ञाननिकेतनलाई १८–१५ ले पाखा लगायो । नासा ‘बी’ ले लिभरपुलको चुनौती १५–१४ को साँघुरो अन्तरले समाप्त पा¥यो । सेमिफाइनलमा नासा ‘ए’ ले आफ्नै ‘बी’ टोलीसंग खेल्नेछ भने साइपाल मल्पी विरुद्ध भिड्ने छ ।
गल्र्सतर्फ साइपाल ‘ए’ ले दोहोरो जित निकाल्यो । साइपालले ओमेगा ‘ए’ लाई १२–१० र ओमेगा ‘बी’ लाई १४–११ ले निराश पा¥यो ।
प्रतियोगिताको ओमेगाका कार्यकारी प्रमुख खगराज घिमिरेले राष्ट्रिय खेलाडी एवं निर्णायक विनोद महर्जनलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । प्रतियोगितामा जम्मा २० टिम सहभागी छन् ।

Comment