अन्तर विद्यालय चेस प्रतियोगीता

विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्ेश्यले रुकुममा दोस्रो अन्तर विद्यालय स्तरिय चेस प्रतियोगीता सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सहयोगमा समृद्ध समाज नेपाल रुकुमले जिल्लाको सिस्ने गाउँपालीकाको रुकुमकोटमा ३ ओटा उमेर समुहमा प्रतियोगीता संचालन गरेको हो । १२ वर्ष मुनिको उमेर समुहमा दिपकजंग बुढा प्रथम, लेनिन घर्ती द्धितिय, प्रगति घर्ती तृतिय, सन्तोष कँवर चौथो र निश्चल रोका पाँचौ भए । प्रथमलाई २ हजार, द्धितियलाई १५ सय, तृतियलाई १ हजार, चौथोलाई ८ सय र पाँचौलाई ६ सय नगद, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

१४ वर्ष मुनि उमेर समुहमा भने अभिषेक बुढा प्रथम, धिरज रेउले द्धितिय र अभिषेक सेन तृतिय भए । प्रथमलाई २५ सय, द्धितियलाई २ हजार र तृतियलाई १५ सय नगद, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ । त्यस्तै १६ वर्षमुनि उमेर समुहमा भएको चेस प्रतियोगीतामा मदन बिएम बी प्रथम, सुवोचन रेउले द्धितिय, सुर्यप्रकास रेग्मी तृतिय, ओपेन्द्र बुढा चौथो र प्रशु पुन पाँचौ भए ।

प्रथमले ३ हजार नगद प्राप्त गर्दा द्धितियले २५ सय, तृतियले २ हजार, चौथोले १५ सय र पाचौंले १ हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगीताको ३ ओटै उमेर समुहमा उत्कृष्ट १० जनालाई नगद, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ ।

गल्र्समा कबिता प्रथम
समृद्ध समाज नेपालकै आयोजनामा दोस्रो गल्र्स जिल्ला स्तरिय चेस प्रतियोगीता पनि सम्पन्न भएको छ । यसमा कबिता बस्नेत प्रथम, कोपीला केसी द्धितिय र कुश्मा ओली तृतिय हुन सफल भइन्। प्रथमले नगद ४ हजार, द्धितियले ३ हजार र तृतियले २५ सय नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । विद्यालय स्तरिय चेस र गल्र्स जिल्ला स्तरिय चेस प्रतियोगीतामा कुल ४८ जनाले प्रतिस्पर्धा गरेका थिए । चिफ आरविटर सुवोधराज शिर्पाली, नेशनल आरविटर लक्ष्मण ओली र आरविटर गोपाल रेउलेले प्रतियोगीता संचालन गरेका थिए ।

Comment