भक्तपुरमा चेस

भक्तपुर जिल्लाब्यापी पुरुष तथा महिला खुल्ला रेटिङ्ग बुद्धिचाल प्रतियोगिता बुधबार शुरु भयो । प्रतियोगिताको उद्घाटन नेपाल बुद्धिचाल संघका बरिष्ठ उपाध्यक्ष विदुर गौतम र जिल्ला संघका सल्लाहकार कुमार ग्वाछाले सँयुक्त रुपमा गरे । सो खेलमा प्रमुख अतिथि गौतमले प्रतियोगिताको आयोजनाले खेल बिकासमा महत्वपूणर््ा योगदान पुग्ने चर्चा गर्दै नया प्रतिभा पनि जन्मिने कुरा बताए । संघ उपाध्यक्ष ज्ञानेन्द्र खाइजुले जिल्ला संघका अध्यक्ष निरञ्जन प्रजापतिलाई खेल सामाग्री हस्तान्तरण गरे ।
जिल्ला बुद्धिचाल संघका अध्यक्ष निरन्जन प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर जिल्ला खेलकूद विकास समितिका प्रतिनिधि सन्जय सैजु, प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष पूर्ण सुन्दर श्रेष्ठ र सहसचिव शिव सुन्दर श्रेष्ठले मन्तब्य ब्यक्त गरे । सो प्रतियोगितामा ३६ पुरुष र ४ महिला खेलाडी सहभागि छन् ।
। स्वीस लिग प्रणाली अनुसार ७ चरणसम्म हुने प्रतियोगिता असार ३० गतेसम्म चालु रहने छ । सम्पन पहिलो तथा दोश्रो चरणका खेलमा जित हात पार्दै गणेशमान दुवाल,राज प्रजापति, विक्रम चोकामी, केशव मानन्धर ,दामोदर गाइजु , रवि श्रेष्ठ, कुमार ग्वाछा, शिवभक्त गाइजु र कृष्णगोपाल नापितले अग्र स्थानमा रहेका छन् । महिला तर्फ भन्ने मतिना कुसी र कविता प्रजापतिले १ अंक जोडेका छन् ।

Comment