नाम अनुसार स्टार जन्माउन तत्पर डोजांग


ललीतपुर महानगरपालीकाको आठ नम्बर वडामा अबश्थित स्टार तेक्वान्दो डोजांग । सात जना ब्ल्याकबेल्ट सहित ६७ जना खेलाडीको समुह । डोजाङ प्रमुख राजेश लामा । यीनै राजेश लामाको कथा भने अली फरक छ । साचो भन्न पर्दा चर्चामा नआएका एउटा उल्लेख्य पात्र । पाटनको भुलढोकामा यो डोजांग छ । नाम अनुसारकै स्टार उत्पादन गर्ने कुरामा राजेश बिश्वस्त छन् । उनको मिहनेतले त्यो सम्भब पनि छ । नेपाली तेक्वान्दो प्रसासनीक कारणले स्टारलाई अप्ठेरा पर्छ भन्ने अनुमानलाई चिर्ने बिश्वास उनीमा छ ।
यीनै राजेशको विगत भने अली फरक छ । त्यो फरक विगतमा संघर्ष होला , तर, बर्ष २०१६ उनका लागि खुसीको विषय पनि बन्योे । २०१६ मा नेपाली खेलकुदका थुप्रै स्टार चर्चामा रहे । उल्लेख्य सफलता पनि पाएन । आशिंक सफलता र केही प्रदर्शन मात्र नेपालीका लागि सन्तोष गर्ने विषय बने । नेपाली खेलकुद जुन समय उभो लाग्यो ,त्यो समय नेपालको साखमा महिलाको भुमिका सम्मान र गर्व गर्न लायक रह््यो । खस्कदो अबस्थामा पनि केही सान्तवना र सन्तोष गर्ने स्थान महिलाले नै दिए ।
यो सिलसिला सन् २०१६ मा पनि फरक रहेन । नेपाली खेलकुदका केही उल्लेख्य उपलब्धी दिलाउनेमा दुइ महिला तेक्वान्दो खेलाडी रहे । निसा रावलले रियो ओलम्पिकमा संसारकै शिर्ष बरियताकी खेलाडीसंग कडा मुकावीला गरिन् । अनी सोही बर्ष निमा गुरुंगले एसियाली राष्ट्रको ओलम्पिक छनोटको प्राप्त गरेको काश्य पदक अर्को सफलता थियो । संयोग होकी यी दुवै खेलाडी कुनै समय आबद्ध मैत्री तेक्वान्दो डोजांगको उर्बर रहनुमा त्यो डोजांगको यीनै राजेशको पसिनाले पनि सिन्चीत थियो । अहिले मैत्री कता जादैछ ? बहसको विषय हुन सक्छ । तर, विगतको ठूलो सत्य यो होकी एक समय मैत्री उर्बर थियो र बि.स २०७२ मा स्टारको स्थापना हुनु अघि उर्बर मैत्री राजेशको पसिनाले सीन्चीत थियो ।
बि.स २०४८ सालमा तेक्वान्दो खेलमा प्रबेश गरेका राजेशले यो अबधीमा प्रसासनीक जिम्मेवारी पनि पाए । ललीतपुर जिल्ला खेलकुद विकास समितीमा कोशाध्यक्ष, उपाध्यक्ष र अध्यक्ष तीनवटै जिम्मेवारी सम्हालेका राजेशले त्यही समयमा खेलाडीको समस्या बुझ्ने राम्रो अबसर पनि पाए । तर, उनको अहिलको खुसी पनि कतै न कतै निसा र निमाको सफलतासंग जोडीएको हुन्छ । भन्छन्,“ यीनीहरुको खेल स्तर र खेलमा रहेको आकर्षणले साच्चै हामीलाई प्रफुल्लीत बनाउछ । ” अरुको मिहेनतको प्रशंषा गर्न नहीच्किचाउने राजेश भन्छन्, “निमाको हकमा छ्यासीकोटले एउटा स्वरुप दियो । मैत्रीले परिस्कृत गरायो । ” निमाको खेल हेरेरै उनी चर्चा बाहीर रहेको छ्यासीकोट डोजांगको नेपाली तेक्वान्दोमा रहेको ठूलो देन भुल्न नहुने बताउछन् । मैत्रीकै संस्मरण गर्दै राजेश भन्छन्, “ हाम्रो प्रशिक्षक टोली मिहनेती थियो । सबै लगनसिल । ” अनि भन्छन्, “ स्टारलाई एउटा च्यालेन्जको रुपमा स्वीकारेको छु । बिश्वास छ हामी फेरी अन्य स्टार जन्माउन उद्धन हुने छौ । ”

Comment