पश्चिमाञ्चललाई उपाधि

नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद अन्तरगत कीर्तिपुर क्रिकेट मैदानमा भएको छात्र क्रिकेटमा पश्चिमाञ्चल पहिलो भयो । फाइनलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ८ विकेटले पराजित ग¥यो । पहिले व्यटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा पूरै ओभर खेलेर अलआउट हुँदै ८४ रनको योगफल खडा गरेको थियो । राजन मगरले सर्वाधिक २२ रन जोडे ।जवाफमा पश्चिमाञ्चलले १२ ओभर ३ बलमा २ विकेट क्षतिमा विजयी लक्ष्य भेटायो । जितमा विशाल कार्कीले ३३ र सुशान्त थापाले १९ रन योगदान गरे । लिग कम नकआउट आधारमा भएको क्रिकेटमा छात्र टोलीले मात्र प्रतिस्पर्धा गरेको थियो । कराते, उसु र तेक्वान्दो सम्पन्न भइसकेको छ ।

Comment