पश्चिम र सुदूरपश्चिमको शत प्रतिशत जित

नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद अन्तरगत कीर्तिपुरमा भएको कबड्डीको राउन्ड रोविन लिगमा पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलले शत प्रतिशत जित निकालेका छन् । शत प्रतिशत नतिजासंगै पश्चिमाञ्चल छात्र र सुदूरपश्चिमाञ्चल छात्रामा च्याम्पियन बने । दुवैले समान १२–१२ अंक जोडे । छात्र र छात्रा दुवैमा मध्यमाञ्चल समान ९–९ अंकसाथ दोश्रो स्थानमा रहे । अन्तिम दिन छात्रमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ६०–४९ ले पराजित ग¥यो भने मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चललाई ४२–२८ ले हरायो ।छात्रामा पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलले ३६–३६ को बराबरी खेले । अर्को खेलमा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई ५९–२८ ले पाखा लगायो ।

Comment