भलिबलमा पश्चिमाञ्चल र मध्यमाञ्चल च्याम्पियन

नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद अन्तरगत त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको भलिबलतर्फ छात्रमा पश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चल च्याम्पियन बनेका छन् । राउन्ड रोविन लिगका आधारमा भएको प्रतिस्पर्धामा पश्चिमाञ्चलले अपराजित रहँदै १२ अंक जोड्यो । ८ अंकसाथ मध्यमाञ्चल दोश्रो तथा ५ अंकसाथ मध्यपश्चिमाञ्चल तेश्रो बने । छात्रामा च्याम्पियन बनेको मध्यमाञ्चलले पनि १२ अंक बटुल्यो । मध्यमाञ्चलले पनि कुनै खेल गुमाएन । ९ अंक जोडेको पूर्वाञ्चल दोश्रो भयो । ५ अंकसाथ मध्यपश्चिमाञ्चलले तेश्रो स्थान चित्त बुझायो । अन्तिम दिन छात्र र छात्रातर्फ समान २–२ खेल भयो । छात्रमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–२१ र २५–२३ तथा मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–१५, २१–२५ र २५–१६ ले पराजित गरे । छात्रामा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–१० र २५–१८ तथा मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–१९ र २५–१६ को सोझो सेटमा हराए ।

Comment