विमला र भीमलाई स्वर्ण

तेश्रो दोर्जे खत्री मेमोरियल बोल्डरिङ प्रतियोगिताको विमला सुनुवार र भीमबहादुर तामाङले शनिबार स्वर्ण जितेका छन् । विमला महिला र भीम पुरुषतर्फ च्याम्पियन बने । बालाजुस्थित दागम्बु क्लाइबिङ सेन्टरमा भएको प्रतियोगिताको महिलामा सुस्मिता बराल दोश्रो र पेम्बा कान्डी शेर्पा तेश्रो भए । पुरुषमा टिटिन वर्टिन राईले रजत तथा विजय सुनुवारले कांस्य जिते । दुवै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ६ हजार, ४ हजार र २ हजार नगद पुरस्कारसहित पदक र प्रमाण पत्र हात पारे । विजेतालाई सांसद् विनोद श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष पिताम्बर तिमिल्सिना र दोर्जे खत्रीकी श्रीमती फुफु थाक्छे शेर्पालगायतले पुरस्कृत गरे । पर्वतीय खेलकुद महासंघ नेपालको प्रस्ताव एवं समन्वयमा राष्ट्रिय खेलदुद परिषदको सहयोग तथा नेपाल ओलम्पीक कमिटिको समर्थनमा नेपाल स्पोर्ट क्लाइम्बिङ्ग एसोसिएसन द्धारा संघका दिवङ्गत केन्द्रीय सदस्य एवं ओलम्पियन जुडो खेलाडी फुपु ल्हामु खत्रीका पिता दोर्जे खत्रीलाई स्मरण गरी हरेक वर्ष आयोजना गर्ने प्रतियोगितामामा यस पटक पाँचौ पर्वतीय खेलकुद महोत्सव– २०१७ का अवसरमा “दोर्जे खत्री मेमोरियल वोल्डरीङ्ग प्रतियोगीता २०१७” आयोजना गरिएको हो । यस प्रतियोगितामा काठमाडौ उपत्यकाका विभिन्न विद्यालयका ८१ छात्र छात्राले सहभागीता जनाएका छन । जसमा ३० छात्रा र ५१ छात्र सहभागी थिए ।

Comment