भारतका अजयलाई उपाधि सिद्धान्त पाचौ स्थानमा


भारतको उडिसमा जारी २२ औ एसियन एथलेटिक्स च्याम्पियन्ससीपको पुरुष १५०० मिटरको उपाधि भारतका अजय कुमार सरोजले ३ मिनेट ४५.८५ सेकेन्डमा रेस पुरा गर्दै जिते । सो रेसमा भारतीय टोलीका अर्का खेलाडी सिद्धान्त अधीकारीले पाचौ स्थान हात पारेका छन् । उनले ३ मिनेट ५०.६४ सेकेन्डमा रेस पुरा गरे । स्वर्ण विजेता सरोजले भारतको गुहावटीमा भएको १२ औ साग खेलकुदमा पनि स्वर्ण पदक जितेका थिए ।
भारतीय राष्ट्रिय च्याम्पियनसीपमा तेश्रो स्थानमा सिमित भए पनि सिद्धान्तले गत बर्षको उत्कृष्ट प्रदर्शनको आधारमा सहभागिताको अबसर पाएका हुन् । तथापी उनी यस फाइनलमा आफ्नो उत्कृष्ट समयभन्दा लगभग चार सेकेन्ड पछि रहे । कास्की घर भएका सिद्धान्त धनगढीमा भएको छैटौ राष्ट्रिय खेलकुदको पुरुष ८ सय र पुरुष १५०० सय मिटर दौडका उपाधि विजेता हुन् ।
(तस्बिरः सिद्धान्त अधीकारीको फेसबुकबाट साभार)

 

Comment