रत्नजित र नविन फाइनलमा


नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङ र नविन श्रेष्ठ अन्नपूर्ण पोस्ट् इन्टरनेशनल कर्पोरेट ब्याडडिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । हल्चोक स्थित एपीएफ क्लबको कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा रत्नले भारतका अञ्जन बुरागाईलाई २–० हराए । अञ्जनविरुद्ध सहज जित हात पारेका रत्नले २१–१०, २१–१० को अग्रता लिएका थिए ।
अर्को खेलमा नविनले पाकिस्तनका मुराद अलीलाई २–० को सोझो सेटमा हराउँदै रत्नसँगको फाइनल भिडन्त पक्का गरे । नविनले मुरादलाई २१–१८, २१–१३ ले पछि पारेका थिए । रत्न र नविन दुवै त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् ।
नक्शल र दिल्मीबीच उपाधि भिडन्त ः
त्रिभुवन आर्मी क्लबकी नक्सल देवी तमाङ र श्रीलंकाकी श्रीलंकाकी दिल्मी दियस महिला एकल खुलातर्फ फाइनलमा प्रवेश गरको छन् ।
हल्चोक स्थित एपीएफ क्लबको कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नक्सलले आर्मीकै अनु राईलाई २–० को सोझो सेटमा हराईन । पहिलो सेटमा २१–११ ले अग्रता लिएकी नक्सलले दोस्रो सेटमा २१–१८ को जित हात पारेकी थिईन् । यसैगरी अर्को सेमिफाइनल खेलमा श्रीलंकाकी दिल्मीले एपीएफ क्लबकी सुनयना मुखियालाई २–० को सोझो सेटमा पराजित गरिन् । एकपक्षीय खेलमा दिल्मीले सुनयनालाई २१–६, २१–४ ले हराएकी थिईन् ।
पुरुष डबल्सको फाइनलमा भारत र पाकिस्तान ः
यसैगरी पुरुष डबल्स खुलातर्फ फाइनलमा पाकिस्तान र भारतका खेलाडीबीच प्रतिस्पर्धा हुने भएको छ । सेमिफाइनलमा पाकिस्तानका अजिम सरवार र मुराद अलीको जोडीले नेपालका रत्नजीत तामाङ र नविन श्रेष्ठको जीडलाई २१–१४, २१–१४ ले हराउँदै फाइनलमा प्रवेश गरे ।
अर्को सेमिफाइनल खेलमा भारताका जुम्ल्याहा दाजुभाई अञ्जन र रन्जन बुरागाईको जोडीले नेपालका दिपेश धामी र विष्णु कट्वालको जोडीलाई २१–१६, २१–१३ ले हराउँदै फाइनलमा स्थान बनाए । दिपेश र विष्णु नेपाल पुलिस क्लबका खेलाडी हुन् ।

विशाल र गणेशको सहज जित
यसैगरी प्रतियोगिता अन्तर्गत पुरुष एक्जुकेटिभ एकलतर्फ कामना विकास बैंकका विशाल खड्का र लाइफ फर्माका गणेश रायमाझी फाइनलमा प्रवेश गरेका छन् । विशालले एभरेष्ट फुडका विश्वास नेपाललाई १७–२१, २१–११, २१–१९ ले हराए । गणेशले ग्रीन डेभलपमेन्ट बैंकका विवेक जिसीलाई २१–१८, २१–१४ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए ।
पुरुष कर्पोरेट डबल्स
प्रतियोगिता अन्तर्गत पुरुष कर्पोरेट डबल्सतर्फ लाईफ फर्माका विरेन्द्र सिंह विष्ट र स्पीड इनर्जीका श्याम पराजुलीको जोडी फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा उक्त जोडीले पनीनीका भूमि बहादुर गुरुङ र कर्ण बहादुर शाहीको जोडीलाई २५–२३, २१–१७ को सेटमा हराए ।
अर्को सेमिफाइनल खेलमा सिल्क किचनका दिप आचार्य र नेपाल फुड्सका पंकज केएस ज्ञवालीको जोडीले एलबीबीका दिलिप गौचन र लक्ष्मी बैंकका जीवन प्रकाश लिम्बुको जोडीलाई २१–१६, २१–११ ले हराउँदै फाइनलमा स्थान बनाए ।
पुरुष एक्जुकेटिभ डबल्स
यसैगरी पुरुष एक्जुकेटिभ डबल्सतर्फ बैदाम केबलका विशाल बस्नेत र कामना विकासका विशाल खड्का फाइनलमा प्रवेश गरे । पहिलो सेमिफाइनल खेलमा उक्त जोडीले बाबा कृषिका विकाश मर्हजन र प्रदिप मर्हजन को जोडीलाई २१–१८, २१–७ को सेटमा हराए ।
अर्को सेमिफाइनलमा आरएस कन्ट्रक्सनका रजिन खड्का र ग्रीन डेभलपमेन्ट बैंकका विवेक जिसीको जोडीले एनई फुडका पंकज केएस ज्ञवाली र एभरेष्ट फुडका विश्वास नेपाललाई १२ –२१, २१–११, २१–१८ को सेटमा हराए ।

 

Comment