नोवेल र होलिल्याण्ड विजयी

depot edited सरीता पुमा राई
 धरान
धरान १८ स्थित डिपोट उच्च माविको खेल मैदानमा भइरहेको डिपोट कपको दोस्रो दिन भएको खेलमा नोवेल र होलिल्याण्ड स्कुल विजयी भएका छन् ।  सोमवार भएको पहिलो खेलमा नोवेल स्कुलले माउन्ट मोरिया स्कुललाई  टाइब्रेकरमा २–१ गोल अन्तरले पराजित गरेको हो । दोस्रो खेलमा होलिल्याण्ड स्कुलले समिट स्कुललाई ५—० गोलको भारि अन्तरले पराजित गरेको हो । नोवेल विरुद्ध माउण्ट मोरिया विच भएको खेलमा निर्धारित समयमा एक एक गोल मात्र भए पछि खेल ट्राइवेकरमा गएका थिए । खेलमा नोवेलका तर्फ वाट प्रविण तामांग र माउण्ट मोरियाका तर्फवाट समिर रसाइलीले गोल गरेका थिए । टा्रइवेकरमा नेवेलका तर्फ वाट प्रविण राई  र  विषण लिम्वुले गोल गरेका थिए भने दिप्तिहांग राई, पवन तामांग र रोसन तामांगको प्रहार गोल पोष्ट वाहिर गएका थिए ।
त्यस्तै गरि माउण्ट मोरियाको तर्फ वाट एलिस लिम्वुले मात्र गोल गरे भने सुसन लिम्वु, सविन धिताल, अमित लिम्वस र सुजन लिम्वुको प्रहार गोल किपरले रोकेका थिए । उक्त खेलको म्यान अफ द म्याच माउण्ट मोरियाका एलिस लिम्वु घोषित भए ।
दोस्रो खेलमा होलिल्याण्डका प्रवेस लिम्वुले दुई गोल, लहंग  लिम्वु २ र अनिस गुरुंगले १ गोल गरेका थिए । दास्रो खेलको म्यान अफ द म्याच समिट स्कुलका गोल किपर डेविड कार्की घोषित भए । भोलिको खेल सैनिक आवासिय विरुद्ध भिक्टोरि स्कुल, हिमशिखर तरहरा विरुद्ध सिवन स्कुल, जेम स्कुल विरुद्ध मेरि ल्याण्ड स्कुल र सुनखरि विरुद्ध एस ओ एस वालगा्रम विच हुने भएको छ ।

Comment