उमेर समुहको चेस हुदै

नेपाल बुद्धिचाल संघको अयोजनामा र ललितपुर जिल्ला खेलकुद विकास समिति र ललितपुर जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा ३१ असार देखि २ सम्म उमेर समुहको राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । ललितपुरको सातदोबाटो स्थित अन्तर्रा्ष्ट्रिय खेलकुद परिसरको लुम्बिनी हलमा हुने प्रतियोगितामा भेट्रानतर्फ ५० बर्ष माथी, यू (१९) र यू (१५) को राष्ट्रिय प्रतियोगिताहरु हुनेछ ।
कूल नगद पुरस्कार ९४ हजार रहेको प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ जस अनुसार भेट्रानतर्फ बिजेताले १० हजार, उपबिजेताले ६ हजार र तेस्रो स्थानमा रहनेले ४ हजार हात पार्नेछन्। त्यसैगरी यू १९ पुरुष तर्फ प्रथमलाई ७ हजार , दोस्रोलाई ५ हजार र तेस्रोलाई ३ हजार पुरस्कार रहेको छ भने यू १७ महिलातर्र्फ पहिलोलाई ५ हजार , दोस्रोलाई ३ हजार र तेस्रोलाई २ हजार रहेको छ ।
त्यस्तै यु(१५) पुरुष महिला दुवैलाई प्रथम, दोस्रो र तेस्रोलाई ५ हजार ३हजार र २ हजार प्रदान गरिनेछ । स्वीस लिग प्रणाली अनुसार सातौ चरणमासम्म हुने खेलमा उपत्यका बाहिरका खेलाडीहरुलाई आबासको व्यवस्था गरिएको छ भने प्रतियोगितामा तिनसय खेलाडीहरुको सहभागिता रहने अनुमान गरिएको छ ।

 

Comment