विवेकको अपराजित यात्रा कायम

bibek thing1
दिल्लीमा जारी १३ औ पाश्र्वनाथ बुद्धीचाल प्रतियोगितामा नेपाली युथ च्याम्पियन विवेक लामा चौथो चरणसम्म अपराजित रहेका छन् । चौथो चरणमा उनले नाभाल्गन्ड निरन्जन(२३०९) संग बराबरी गरे । पाचौ चरणमा उनले प्रदिप कुमार आरएसंग प्रतिस्पर्धा गर्ने छन् । विवेकको चार चरणको समाप्तीमा २.५ अंक छ ।
नेपालका हिमाल लामाको दुइ अंक छ उनले चौथो चरणमा भासेली अरिफ(२१२५) लाई हराए । यसैगरी, सुजेन्द्र श्रेष्ठ र गोबीन्द खड्काको एक अंक छ । सुजेन्द्र चौथो चरणमा अतुल दाहालेसंग पराजित भ एभने गोबीन्दले वाइ पाएर पहिलो अंक बटुले ।

Comment