युएइमा नेपाली खेलकर्मीको सम्मान


एभरेष्ट यूएई मार्शल आर्ट एन्ड स्पोर्ट्स क्लबको सक्रियतामा युएइमा विभिन्न खेलका खेलकर्मीलाई सम्मान गरियो । हालै सम्पन्न २ वटा अन्तरास्ट्रिय खेल महोत्सब (१२ औ नेसनल कराते च्याम्पियनशिप जेकेएस कप २०१७ अल वसल क्लब दुबईमा सम्पन्न खुल्ला कराते ) र बुडोकन कराते (२०१७ अन्तरास्ट्रिय कप अल अलि क्लब यूएइमा सम्पन्न )प्रतियोगितामा सफलता पाउने खेलाडीहरुका साथै भलीबल, क्रिक,एथलेटिक्स लगायत खेलका खेलकर्मी सम्मानीत भएका हुन् ।
यूएई स्थिति अरब उद्दुप्पी रेस्टुरेन्टमा नेपाल राजदुतावासका कार्यवाहक राजदुत नेत्र बहादुर टन्डनको प्रमुख अतिथ्यमा खेलाडी, प्रशिक्षक र अफिसियलहरुको सम्मान कार्यक्रम भएको हो । कार्यक्रमको सञ्चालन रमेश छितिजले गरेका थिए । क्लब सचिब पूर्ण भक्त लामाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम क्लब उपाध्यक्ष पवित्र भण्डारीको सभापतीत्वमा भएको थियो । यूएईमा सक्रिय सामाजिक संस्थाका प्रतिनिधीहरुको पनि उपश्थिती थियो । नेपाली समाजका अध्यक्ष सी. पि. सापकोटा, एनआरएन यूएई सल्लाहकार तथा बिजेनेश काउन्सिलका कोषाध्यक्ष एकेन्द्र बहादुर थापा, पत्रकार महासंघ अधक्ष्य भूपराज बस्याल, पत्रकारहरु निमकान्त पाण्डे र त्रिलोचन कोइरालाको पनि कार्यक्रममा उपश्थिती थियो । कलाकार संघ यूएईका प्रतिनिधि आशिष पुरुष सहित ब्यापारी, खेलप्रेमी तथा समाज सेवीहरुकोे उपस्थिति थियो । आमन्त्रित खेलाडीहरुलाई कार्यवाहक राजदुत नेत्र बहादुर टन्डन र नेपाली समाज अध्यक्ष सीपि सापकोटाले सम्मान पत्र प्रदान गरे ।
कराते सहित भलीबल, जुडो, एथलेटिक्स र शारीरिक सुसंगठन खेलाडीहरुलाई पनि सम्मान गरियो । साथै विभिन्न खेलका रेफ्रिहरुलाई पनि सम्मान गरियो । कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै सापकोटाले रोजगारीको खातिर पनि सफलता पाएकोमा प्रशंसा गर्दै भबीश्यमा पनि सहयोग रहने प्रतिबद्दता ब्यक्त गरे । क्लब कोषाध्यक्ष तथा संस्थापक परशुराम घिमिरेले भबीश्यमा पनि सबैको सहयोगको अपेक्षा राखेको बताए । यसैगरी, एकेन्द्र बहादुर थापा, आशिष पुरुष, कुण्डल सिंह, इश्वर घमाल, राजेश थिङ्ग, हिरालाल श्रेष्ठ, श्याम गुरुङ, मदन अधिकारी, सुष्मिता निरौला, प्रविनकाजि श्रेष्ठ लगायत खेलकर्मीहरुले मन्तब्य ब्यक्त गरे । क्लबका संस्थापक तथा बरिष्ट प्रशिक्षक रेफ्री रबि शाहीले आफ्नो समुहको खुल्ला हृदयले सम्पूर्ण खेललाइ समेटेर अझै सशक्त रुपमा नेपाली हरुको उपस्थती गराउने प्रयाश भएको बताए । प्रमुख अतिथि टन्डनले सफलता हात पार्ने खेलाडीहरुलाई बधाई दिदै क्लबको कार्यको सहना गरे । उनले आगामी दिनहरुमा यसप्रकारको कार्यक्रमलाइ आफ्नो ठाउँबाट सकिने सहयोग गर्ने कुरामा बिश्वस्त गराए ।
सम्मानित खेलाडीहरुमा करातेका किन्जेल श्रेष्ठ ( कोमोतेमा प्रथम स्थान र कातामा तेश्रो), कुमार भुषाल ( कुमुते प्रथम स्थानसंगै बोडोकन कप २०१७ बिशिस्ट खेलाडी, ७ जनाको बिचको प्रतिष्प्रर्धाबाट यस बर्षको सबोत्कृष्ट कप विजेता) र बिपिन श्रेठ ( कुमुते प्रथम स्थान र बिशिस्ट खेलाडी तेश्रो) रहेका छन् ।
यसैगरी, कुमुतेका पहिलो पदक पाउने बिजय तामांग, दोश्रो स्थान पाउने लक्ष्मण मगर र बिनोद राईका साथै तेश्रो स्थान पाउने दिनेश सिंह ऐर र मिनराज चौधरी पनि सम्मानीत भए । कुमुतेमा पहिलो हुने पुष्प न्यौपाने,तेश्रो हुने राम बहादुर लामा र पहिलो हुने उत्तम गुरुङ पनि सम्मानीत भए । सो अबसरमा सम्मानीत हुने भलीबल खेलाडीमा कुन्दल बहादुरसिंह, श्याम गुरुङ, प्रेम भण्डारी, इश्वर घमाल, प्रताप खवास, प्रेम शाही, राज चौधरी, खुसि चौधरी र बिष्णु पन्त सम्मानीत भए । नरेश चन्द, ज्ञान मल्ल, डायमण्ड बस्नेत र झोंम थापा पनि सम्मानीत भए ।
जुडो खेलाडी कमल तामांग र शारीरिक सुगठनका तुल बहादुर श्रेष्ठ पनि सम्मानीत भएका छन् । क्रिकेट खेलाडीहरु अंकित श्रेष्ठकासाथै एथलेटिक्स खेलाडी रिवाज न्यौपाने पनि सम्मानीत भए । एसियन गोजुरियो रेफ्रि काउन्सील सदस्य रबि शाही सहित प्रेम श्रेष्ठ, बिशाल मगर र शुस्मिता निरौला पनि सम्मानीत भए ।
प्रशिक्षकहरु पूर्णभक्त लामा, पर्शुराम घिमिरे, फई लामा, राजेश थिङ्ग र क्लब उपाध्यक्ष पबित्र भण्डारी पनि सम्मानीत भए । बरिष्ट सल्लाहकार शालिक सुबेदीकासाथै जुडो प्रशिक्षक प्रविणकाजी श्रेष्ठ र हिरालाल श्रेष्ठ सम्मानीत भए । अफिसियलहरु भानुभक्त पौडेल, मदन अधिकारी, योगी सिंह र शिव कुमार बास्तोला सम्मानीत भए । यसैगरी, प्रायोजकहरु कुक कनेक्ट, याक एन्ड यती गहना पसल, एभेरेस्ट एड्भरटाइजिङ एलएलसी,संजय पाण्डे,हरि अधिकारी, हरि केसी र अरमदा ट्राभल्सलाई पनि सम्मान गरियो ।

 

Comment