रहेनन् सुनिल लाल

भारोत्तोलनका मुख्य प्रशिक्षक सुनिल लाल जोशीको निधन भएको छ । जोशी दक्षिण एसियाली खेलकुदमा सबैभन्दा बढी पदक जित्ने नेपाली खेलाडी हुन् । ५३ बर्षिय जोशीको आइतबार बिहान गंगालाल राष्ट्रिय ह्दयरोग केन्दमा निधन भएको हो । ओलम्पियन जोशीले पहिलो देखि सातौ सागसम्म सहभागिता जनाउदै ६ रजत तथा ११ काश्य पदक जितेका थिए । बिहान उनको शब श्रद्धाञ्जलीको लागि राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा राखिएको थियो ।  नेपाली खेलकुदमा आबद्ध सैयौले उनलाई श्रद्धाञ्जली अर्पण गरे । नेपाल भारोत्तोलन संघका उपाध्यक्ष रहेका उनी ओलम्पियन संघका अध्यक्ष समेत हुन् । ( विस्तृत समाचार पछि )

Comment