मनाङ सेमिफाइनलमा

vetran cup mmc
मनाङ मस्र्याङ्दी क्लब ‘एनबीए’ नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङले ४० प्लस नेपाल भेट्रान टिमलाई २–० गोलले पराजित ग¥यो । मनाङका मिलन श्रेष्ठ र टासी छिरिङले १–१ गोल गरे । टासी ‘म्यान अफ द म्याच’ घोषित भए ।
मनाङले सेमिफाइनलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी र ब्वाइज युनियनबीचको विजेतासंग खेल्नेछ । मनाङलाई ‘डि’ हुँदै ‘ए’ डिभिजनसम्म पु¥याई लिग जिताउन सफल टोलीका अधिकांश पूर्व खेलाडीले ४० प्लस विरुद्ध प्रतिस्पर्धा गरेका थिए । मनाङबाट मणिविक्रम शाह, विराटजंग शाह, अन्जित बस्नेतलगायत मैदानमा उत्रेका थिए ।
त्यसअघि नाइट किङ्स क्लबले जावलाखेल युथ क्लबलाई २–० कै नतिजामा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । नाइटका लागि दुवै गोल आनन्द गुरुङले गरे । आनन्द ‘म्यान अफ द म्याच’ चुनिए । नाइटले पुस ३० मा त्रिभूवन आर्मी क्लब विरुद्ध क्वाटरफाइनल खेल्नेछ । प्रतियोगिताअन्तर्गत सोमबार एनआरटी र क्लब मोसिस्, जोरपाटीबीच खेल हुनेछ ।

Comment