डिपोट कप सुरु

depot cup football
सरीता पुमा राई
धरान

धरान १८ स्थित डिपोट उच्च माविको आयोजनामो जिल्ला स्तरिय ११औ ललित अम्वर डिपोट कपमा डिपोट आईतवार देखि सुरु भएको भएको छ ।
खेलेको पहिलो दिन डिपोट उच्च माविले विजयीको सुरुवात गरेको छ ।  डिपोट उच्च माविले युनाइटेड एकेडेमी स्कुललाई ४–० गोलको अन्तरले आफनो विजयी सुरुवात गरेको हो । डिपोट उच्च माविको तर्फ वाट विवस श्रेष्ठ, विमस पौडेल, रिसिकेस राई र जेनिस राईले गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच युनाइटेड एकेडेमिका विवस श्रेष्ठ घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल उच्च मावि संघका अध्यक्ष रमाकान्त तिवारी र डिपोट उच्च माविका व्यावस्थापन समितिका अध्यक्ष श्रवण कुमार लिम्वुले संयुतm रुपमा ट्रफि प्रदान गरेका थिए । । सुनसरी भरिका १६ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ४ फिट १० इञ्च उचाई र ५ कक्षा सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउनेछ ।
खेल सुरु हुन अघि आयोजक तथा सहभागि विद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए । आजको  खेल माउन्ट मोरिया विरुद्ध मोडेल , सुनाखरी विरुद्ध एस ओ एस इटहरि र समिट विरुद्ध होलिल्याण्ड स्कुल विच हुने भएको छ ।त्यसैगरी कार्यक्रममा प्रमख अतिथी संघका अध्यक्ष  तिवारीले सरकारले निजी विधालयअन्तर्रको वेवस्ता गरेको बताए । सरकारले पनि निजी विधालयहरुको लागि ध्यान पुराउनु पर्ने उने बताए । खेलक्षेत्रबाट पनि विधार्थीहरुले आफनो भविष्य बनाउनु सक्ने उनले बताए ।

Comment