सेमिफाइनल समिकरण पुरा

new dimond
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालित ‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता२०७१’ अन्तर्गत आइतबार विभिन्न खेलहरु सम्पन्न भएका छन् ।
यही पौष २५ गतेदेखि २९ गतेसम्म संचालन हुने सो प्रतियोगिताको तेस्रो दिनको खेलमा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब र पश्चिमाञ्चल भलिबल टिम टिम विजयी भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको पहिलो खेलमा नेपाल एपीएफ क्लबले श्री चण्डेश्वरी युवा क्लब रामेछापलाई २५–७, २५–११ र २५–८ को सोझो सेटमा पराजित गरेको छ ।
यसैगरी नेपाल पुलिस क्लबले २५–६, २५–६ र २५–७ को फराकिलो अन्तरले ढोरपाटन स्पोटर््स टे«निङ्ग सेन्टरलाई पराजित गरेको छ ।
यसैगरी आजै सम्पन्न अर्को खेलमा पश्चिमाञ्चल भलिबल टिमले न्यू डाइमण्ड एकेडेमीलाई २५–२३, २५–२२, २२–२५, १३–२५ र १५–१२ ले पराजित गरेको छ ।
आज भएका खेलहरुमा एपीएफ क्लबकी सरस्वती चौधरी, पुलिस क्लबकी कोपिला उप्रेती र पश्चिमाञ्चल भलिबल टिमकी मन्जु गुरुङ्ग वमेन अफ द म्याच भएका छन ।
आजका विजयी टिमसहित न्यू डाइमण्ड एकेडेमी समेत सेमिफाइनलमा प्रवेश गरेको छ । भोलीको सेमिफाइनल खेल नेपाल एपएिफ क्लब र न्यू डाइमण्ड एकेडेमी बीच तथा नेपाल पुलिस क्लब र पश्चिमाञ्चल भलिबल टिम बीच हुने छ ।
सशस्त्र प्रहरी बलले दोस्रो पटक आयोजना गरेको उक्त भलिबल प्रतियोगिताको कूल पुरस्कार राशी चार लाख २५ हजार रुपैयाँ तथा ट्रफि रहेको छ भने प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप एक थान स्कुटर प्रदान गरिनुका साथै उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेटर र उत्कृष्ट प्रशिक्षकलाई समेत जनही पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा नेपाल एपीएफ क्लबसहित नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डाइमण्ड एकेडेमी, श्री चण्डेश्वरी युवा क्लब रामेछाप, ढोरपाटन स्पोर्टस टे«निङ्ग सेन्टर, पश्चिमाञ्चल भलिबल टिम र श्री गाउँ खेलकुद विकास समिति दाङ्गको टिम गरी कूल आठवटा टिमको सहभागिता रहेको छ ।
लिग कम नकआउटको आधारमा हुने उक्त प्रतियोगिताका सवै खेलहरु राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा संचालन भइरहेका छन् ।

Comment