एउटा बहादुर युगको अन्त्य


धावक एवं पर्वतारोही सञ्जय पण्डितको अमेरिकामा निधन भएको छ । पण्डितको अलास्का राज्यको डेनाली नेशनल पार्क स्थित डेनाली माउन्ट आरोहणका क्रममा निधन भएको हो । हाई अल्टिच्युडका कारण शुक्रबार निधन भएको अमेरिकास्थित नेपाली दूताबासले पुष्टि गरेको छ । डेनालीको उचार्रइ २० हजार १५६ फिट अर्थात ६ हजार १४४ मिटर छ । पण्डितको १६ तारिख विहानै १७ हजार २०० फिट उचाईमा निधन भएको हो ।
पछिल्लो समय थुप्रै बहादुरीका कीर्तिमान कायम गरेका पण्डितले सन् २००९ बाट शाहसिक जिवनको यात्रा सुरु गरेका थिए । उनले प्युठानको स्वर्गद्धारीबाट काठमाडौंको दुरी ४७ घन्टा २० मिनेटमा पार गरेका थिए । त्यसपछि उनले थुप्रै लामो दुरीका दौड पुरा गरे । उनले खासादेखि काठमाडौं तथा गोरखादेखि काठमाडौंसम्म पनि दौड पुरा गरेका थिए ।
हिमाल आरोहणको क्रममा उनले विश्वको सर्बोच्च शिखर सगरमाथा दुई पटक सफल आरोहण गरेका थिए । संसारका सबै महादेशका सबैभन्दा अग्लो हिमाल आरोहणका साथ लक्ष्य राखे पछि उनले एक पछि अर्को बहादुरीका कीर्तिमान कायम गरेका थिए ।

 

Comment