शिरिष फाउण्डेशन र ह्याम्स साथ

साथशिरिष फाउण्डेशन र ह्याम्स साथ साथनेपाली पौडी खेलाडी ओलम्पियन शिरिष गुरुङ्गद्वारा स्थापित शिरिष फाउण्डेशन र ह्याम्स अस्पताल साथ साथ अगाडी बढ्ने भएका छन् ।बिहिबार एक कार्यक्रम विच नक्सालस्थित क्राउन प्लाजा होटलमा फाउण्डेशनका अध्यक्ष शिरिष गुरुङ्ग र ह्याम्स अस्पतालका निर्देशक भक्त प्रल्हाद पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।सम्झौता पत्रका अनुसार फाउण्डेशनको सिफारिसमा खेलाडीहरुलाई अस्पतालले प्रदान गर्ने सेवा सुविधा निशुल्क प्रदान गर्ने भएको छ । यो सम्झौता पहिलो चरणमा एक बर्षको लागि हुने समेत सम्झौता पत्रमा उल्लेखित गरिएको छ । फाउण्डेशनसंग हातेमालो गर्दै हिंड्ने क्रममा फाउण्डेशनको अफिसियल पार्टनरको रुपमा फाउण्डेशनले अस्पताललाई साथ साथै लानु पर्ने समेत सम्झौता पत्रमा उल्लेख छ । उक्त कार्यक्रममा बोल्दै ह्याम्सका निर्देशक पाण्डेले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरु संग संस्थालाई जोड्न पाउंदा आफु गौरवान्वित भएको भन्दै आफुलाई सामाजिक दायित्वमा लगाउन पाएकोमा खुशी व्यक्त गरे । फाउण्डेशनका अध्यक्ष गुरुङ्गले यस सम्झौता पश्चात खेलाडीहरुले खर्चको अभावका कारण स्वास्थ्य सेवा लिनबाट बन्चित हुन नपर्ने बताए ।  नेपाल पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले खेलाडीहरुको हक हितको लागि सरकार अगाडी बढ्ने पर्नेमा अन्य संस्थाहरु अगाडी बढेकोकोमा फाउण्डेशन र अस्पताल दुवैलाई धन्यबाद प्रदान गरे ।  राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले आफुहरु सदा खेलाडीहरुको हक हितको लागि लागीपरिरहेको भन्दै आफुहरुले विभिन्न चरणमा खेलाडीहरुको स्वास्थ्य परिक्षण अत्यावश्यक रहेको भन्दै आवाज उठाउंदै आईरहेकोमा यस सम्झौताले केहि राहत पु¥याएको बताए ।

Comment