आयोजक व्यासी पराजित

bhaktapur badminton
आयोजक व्यासी क्लब भक्तपुरमा आयोजित तेश्रो शिवभक्त स्मृती जिल्लाव्यापी ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिताको पहिलो दिन शनिवार टिम इभेन्ट्समा पराजित भएकोछ । आयोजकलाई श्रीभक्त व्याडमिन्टन क्लबले २–० को सोझो सेटमा पराजित गरेको हो । दोश्रो खेलमा सिद्धि व्याडमिन्टन क्लब बी ले युवा उत्थान समाजलाई २–० को सोझो सेटमानै पराजित ग¥यो । यस्तै आजै सम्पन्न अर्को खेलमा व्यासी क्लबले बेखाल व्याडमिन्टन क्लबमाथी २–० को जित हात पा¥यो  ।
माघ ३ गते सम्म संचालन हुने प्रतियोगितामा १४ टिम र मा.वि. स्तरीय छात्र÷छात्रा प्रतियोगितामा ११ छात्र १० छात्रा गरी कुल १११ जना खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे “रोहित”ले खेल स्वास्थ्य र मित्रताको प्रतिक भएको भन्दै पैसाले प्राप्त गर्न नसकेको काम खेलकुदबाट प्राप्त गर्न सकिने बताए ।
विशेष अतिथी नेपाल ब्याडमिन्टन संघका महासचिव रामजी बहादुर श्रेष्ठले भक्तपुरमा व्याडमिन्टन खेलको विकास हुंदै गएकोमा गर्भ महशुस गरेको भन्दै व्याडमिन्टन विकासको लागि आफ्नो छुट्टै कभर्डहलको आवश्यकता रहेको औल्याए । उनले व्याडमिन्टन खेलको विकासका लागि संघले विभिन्न कार्यक्रमहरु ल्याउन लागेको बताए ।
व्यासी व्याडमिन्टन क्लबका अध्यक्ष केदार लघुको सभापतित्वमा भएको कार्यक्रममा क्लबका सचिव गञ्जन राजचल र हरि प्रसाद बासुकलाले प्रतियोगितको महत्वमाथि प्रकास पार्नु भएको थियो ।
प्रतियोगितको अन्तिम दिन भनपा वडा नं १० व्यासीबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी, रेफ्रि, प्रशिक्षक भई देशको नाम उच्च राख्ने व्यक्तित्वहरुलाई सम्मान गरिने आयोजक समितिले जनाएकोछ ।

Comment