शिरीषद्वारा पच्चीस वर्ष कीर्तिमान भंग

sirish gurung
नेपाल प्रहरी क्लबका शिरीष गुरुङले चौथो एनएसए कप पौडी प्रतियोगितामा  नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा भएको खुलातर्फ पुरुष १ सय मिटर फ्रि स्टायल शिरीषले ५८.५५ सेकेन्डमा पूरा गर्दै २५ वर्षअघि स्थापित कीर्तिमान तोडे । यसअघि आनन्द लेप्चाको नाममा ५८.८४ सेकेन्डको कीर्तिमान थियो । आनन्दले उक्त कीर्तिमान १९८९ मा पाकिस्तानको इस्लामाबादमा भएको चौथो साफमा बनाएका थिए । नेपाल आर्मी क्लबका मिराज प्रजापति दोश्रो र एसभीआईका देवेश मानन्धर तेश्रो भए ।
शिरीषले ४ सय मिटर फ्रि स्टायलमा पनि स्वर्ण जित्दै व्यक्तिगत स्वर्ण संख्या तीन पु¥याए । उनले निर्धारित दूरी पूरा गर्न ५ मिनेट ०५.४३ सेकेन्ड समय निकाले । अघिल्लो दिन उनले ५० मिटर फ्रि स्टायलमा स्वर्ण जितेका थिए । एसभीआईका देवेश मानन्धर दोश्रो तथा आर्मीका विशन क्षेत्री तेश्रो बने ।
पहिलो दिन खुलामा १ र उमेरसमूहमा २ गरी ३ स्वर्ण जितेका एसभीआईका देवेशले दोश्रो तथा अन्तिम दिन खुलातर्फ थप दुई स्वर्ण चुमे ।
देवेशले २ सय मिटर व्यक्तिगत मिड्लेमा २ मिनेट ४६.६५ सेकेन्ड समय लगाउदै शीर्ष स्थान कब्जा गरे । आर्मीका दिलिप थापा मगर दोश्रो र केएमसीका शुभम श्रेष्ठ तेश्रो भए । त्यस्तै २ सय मिटर ब्याकस्ट्रोकमा २ मिनेट ५३.११ सेकेन्ड समय निकाल्दै देवेश २ सय मिटर ब्याकस्ट्रोकमा पनि पहिलो भए । लिङकनका गेलेन केली दोश्रो र आर्मीका दिलिप थापा मगर तेश्रो स्थानमा रहे ।
पुरुषको १ सय मिटर ब्रेस्टस्ट्रोकमा आर्मीका किरण कार्की पहिलो भए । उनले निर्धारित दूरी तय गर्न १ मिनेट १९.९८ सेकेन्ड समय खर्चे । आर्मीकै रुपेश चौधरी र टीकाराम थापा क्रमशः दोश्रो र तेश्रो भए । पुरुषको ५० मिटर बटरफ्लाइमा आर्मीका दिलिप थापा मगर ३०.९९ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहे । मेरिगोल्ड क्लबका जयन्तप्रकाश गुरुङ दोश्रो तथा आर्मीका जनक राई तेश्रो भए ।
महिलाको ५० मिटर फ्रि स्टायलमा लिङकनकी सोफिया शाह पहिलो भइन् । सोफियाले निर्धारित दूरी ३०.९५ सेकन्डमा पूरा गरिन् । लिङकनकै ओसिना भारती दोश्रो भइन भने द ब्रिटिस स्कुलकी तेन्जिङ यिगा लामाले तेश्रो स्थानमा चित्त बुझाइन् । महिलाको २ सय मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी सोनिरा विष्टले सहभागी सबै प्रतिद्वन्द्वीलाई उछिन्दै स्वर्ण जित्ने क्रममा ३ मिनेट २४.७५ सेकेन्ड समय निकालिन् । पाठशाला नेपालकी आस्मा तामाङ दोश्रो र लिङकनकी अदिती धिताल तेश्रो भए ।
नेपाल पौडी संघद्वारा आयोजित प्रतियोगिताको उमेरसमूहतर्फ पुरुष १० वर्षको ५० मिटर ब्याकस्ट्रोकमा जोन डेवीका नासिर याहया हुसैन पहिलो भए । उनले ४४.३८ सेकेन्ड समय लगाए । लिटिल एन्जल्स (एलए) स्कुलका अभिषेक कार्की दोश्रो र ब्रिटिसका लुइट विलियम्स तेश्रो भए । महिला १७ वर्षको १ सय मिटर फ्रि स्टायलमा किस्ककी गे्रस आईएम पहिलो भइन् । गे्रसले १ मिनेट २०.१९ सेकेन्ड समय लगाइन् । एलएकी स्विकृति घिसिङ दोश्रो र गोल्डेनगेटकी रोजा केसी तेश्रो भए । महिला १२ वर्षको ५० मिटर बटरफ्लाइमा ब्रिटिसकी तेन्जिङ यिगा लामा पहिलो भइन् । यिगाले ४०.२७ सेकेन्ड समय निकालिन् । जोन डेवीकी सेरेना गुरुङ दोश्रो र नोब्सकी स्वर्णिमा तामाङ तेश्रो भए ।
पुरुष १० वर्षको ५० मिटर फ्रि स्टायलमा जोन डेवीका नासिर (३५.५९ सेकेन्ड), महिला १४ वर्षको १ सय मिटर फ्रि स्टायलमा लिङकनकी ओसिना भारती (१ मिनेट १४.२१ सेकेन्ड), पुरुष १२ वर्षको ५० मिटर फ्रि स्टायलमा केएमसीका शुभम श्रेष्ठ (३०.८० सेकेन्ड), महिला १० वर्षको ५० मिटर ब्रेस्टस्ट्रोकमा रातो बंगलाकी अनुष्का पोखरेल (५२.८५ सेकेन्ड), पुरुष १४ वर्षको १ सय मिटर बटरफ्लाइमा लिङकनका गेलेन केली (१ मिनेट ३४.७५ सेकेन्ड), महिला १७ वर्षको १ सय मिटर ब्याकस्ट्रोकमा जेभियर एकेडेमीकी शिला गुरुङ (१ मिनेट ३५.४० सेकेन्ड), महिला १४ वर्षको १ सय मिटर ब्याकस्ट्रोकमा लिङकनकी ओसिना भारती (१ मिनेट २४.९६ सेकेन्ड) तथा पुरुष १७ वर्षको १ सय मिटर बटरफ्लाइमा बाबा बोर्डिङ हाइ स्कुलका किरण कार्की (१ मिनेट २२.५३ सेकेन्ड) ले स्वर्ण जिते । दोश्रो तथा अन्तिम दिनका विजेतालाई मंगलबार प

Comment