एचसीएलाई उपाधि


हिमालयन क्रिकेट एकेडेमी (एचसीए) ले प्रथम सान यु–१६ इन्डो–नेपाल टी– २० क्रिकेट प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा एचसीएले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई १ विकेटले पराजित ग¥यो ।
प्रतियोगितामा केसीटीसीका प्रणय शाह ‘म्यान अफ द सिरिज’ चुनिए । त्यस्तै बलिङमा एचसीएका प्रतीश जिसी तथा ब्याटिङमा केसीटीसीका विराट भण्डारी उत्कृष्ट चुनिए । सान ‘नीलो’ टिमका विराट आचार्य उदीयमान खेलाडी घोषित भए ।
विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दहाल, सानका कार्यकारी निर्देशक डा. प्रकाश प्रधानलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Comment