केसीटीसी र एचसीए फाइनलमा

काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) र हिमालयन क्रिकेट एकेडेमी (एचसीए) प्रथम सान यु–१६ इन्डो–नेपाल टी– २० क्रिकेट प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् । केसीटीसीले नेपाल क्रिकेट एकेडेमी (एनसीए) लाई २ तथा एचसीएले नेपाल क्रिकेट स्कुल (एनसीएस) लाई ६ विकेटले पराजित गर्दै फाइनल भेट पक्का गरे ।
पहिला व्याटिङ गरेको एनसीएले १९.३ ओभरमा अल आउट हुनुअघि ९८ रनको योगफल खडा गरेको थियो । जवाफमा केसीसीटीले १६.२ ओभरमा ८ विकेट क्षतिमा लक्ष्य भेटायो ।
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा सुरुमा व्याटिङ गर्दै एनसीएसले अलआउट हुँदै १८.२ ओभरमा ६४ रन जोड्न सफल भयो । प्रत्युत्तरमा एचसीएले १२ ओभरमा ४ विकेट गुमाउदै जित आत्मासात् ग¥यो । फाइनल आइतबार हुनेछ ।

Comment