अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

karate
भारतको पश्चिम बंगालमा भएको त्रिदेशीय खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई नेपाल वादोकाई कराते संघ, शाखा डोजो मानसिंहले शनिबार सम्मान गरेको छ । उक्त प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीका साथै नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो सामाखशीका खेलाडीलाई सम्मान गरिएको हो ।
मानसिंहबाट ज्ञानी महर्जनले दुई स्वर्ण जितेकी थिइन् । त्यस्तै रुपा महर्जन, राजु गुरुङ, गोमन गिरी, प्राश्ना थापा र निरज भण्डारीले १–१ स्वर्ण जितेका थिए । स्वर्णधारी रुपाले कांस्य पनि हात पारेकी थिइन् भने अर्का खेलाडी विवेक ढुंगेलले पनि कांस्य जितेका थिए ।
सामाखुशीबाट किरण गुरुङले १ स्वर्ण र १ रजत तथा लक्ष्मण पाण्डे र बसन्त राईले १–१ रजत हात पारेका थिए । सोही अवसरमा डिसेम्बर १९ देखि २१ तारिखसम्म भएको उक्त च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका राजेन्द्रकुमार ओझा र महेश महर्जन पनि सम्मानित भए ।
उनीहरुलाई सभासद भीमसेनदास प्रधान, नेपाल वादोकाईं कराते डो संघका अध्यक्ष सिंहबहादुर घिसिङ र महासचिव नारायणबहादुर मगरलगायलते खादा, टीका र प्रशंसापत्र प्रदान गरी सम्मान गरे ।
सो अवसरमा तार्केश्वर नगरपालिका वार्ड नं. २० का ज्येष्ठ नागरिकद्वय ९० वर्षिय वीरबहादुर महर्जन र ८५ वर्षिया नकली महर्जनलाई पनि प्रशंसापत्र र दोसल्ला ओढाईं सम्मान गरिएको थियो । मानसिंह डोजोका ११ खेलाडीलाई पनि त्यसै अवसरमा ब्ल्याकवेल्ट प्रदान गरियो ।

Comment