रोनिश र मारिया पहिलो

रोनिश र मारिया पहिलो रोनिश श्रेष्ठ र मारिया राई प्रथम राष्ट्रिय खुला जुनियर उसु प्रतियोगिताको थाइची छ्वान छुचीमा शनिबार पहिलो भएका छन् । दुवै बुद्ध प्रकाश उसु क्वानका हुन् । मार्सल आर्ट अर्गनाइजेसन नेपालद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रोनिशले ५.३५ अंक जोडे । मनमैजु उसु क्वानका विवेक मगर दोश्रो र पिपुल्स स्कुलका संगिन महर्जन तेश्रो भए । महिलामा मारियाले ५.८५ अंक ल्याइन् । निन्जा उसु क्वानकी मिङमा थाङजी शेर्पा दोश्रो र ड्रागन उसु क्वानकी निशा राई तेश्रो भए । त्यस्तै पुरुष ताउसु छुचीमा ५.४५ अंकसाथ ग्रिनफिल्ड स्कुलका रोशन रोकाया, महिला छियाङ सु छुचीमा ४.३० अंकसाथ बुद्ध प्रकाशकी सिर्जना मगर, पुरुष नान कुन सु छुचीमा ५.८५ अंकसाथ मनमैजुका सुमन तामाङ, महिला चेन सु छुचीमा ५ अंकसाथ बुद्ध प्रकाशकी मनिका थापा, पुरुष कुन सु छुचीमा ५.६० अंकसाथ मनमैजुका राजकुमार पुन तथा महिला नान ताउ सुमा ५.७० अंकसाथ निन्जाकी सरु आले मगर पहिलो भए ।

Comment