मनाङ मस्र्याङ्दी क्लब मनकामना केबलकार पोखरा कपको सेमिफाइनलमा

photo of manakamanaप्रेमनारायण न्यौपाने
पोखरा

डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी कलब पोखरामा जारी मनकामना केबलकार पोखरा कप–२०७१ को सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। दर्शकले खचाखच पोखरा रड्डशालामा शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा कमजोर प्रतिद्वन्द्वी सरस्वती क्लबलाई ४–१ को पराकिलो अन्तरले पराजित गर्दै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो।
मनाङको जीतमा म्यान अफ दी म्याच अनिल गुरुङले दुई तथा डोडोज र दीपक राईले एक–एक गोलको योगदान दिए। सरस्वतीको लागि शक्ति राईले सान्त्वना गोल फर्काए। मनाङले अब नेपाल पुलिस कलब र त्रिभुवन आार्मी क्लबबीचको विजेतासँग पुस ३० गते फाइनलको लागि प्रतिस्पर्धा गर्नेछ।मनाङले सरस्वतीविरुद्धको खेलमा शनिबार पोस्टमा करिब डेढ दर्जन प्रहार गरेको थियो भने सरस्वतीले डिफेन्स गर्नमै सम्पूर्ण शक्ति लगायो। मनाङले भर्खरै क्लबमा अनुबन्ध गरेका सुशील केसी, हेम गुरुङलाई प्लयेइङ सेटमा राखेर खेलाएको थियो।
सुरुवातको १० मिनेट निरश खेल भए पनि १२ मिनेटमा मनाङका अनिल गुरुङले गोल गर्दै खेललाई रसमा परिणत गरिदिए।सुजल श्रेष्ठको क्रसमा अनिलले उत्कृष्ट गोल गरे। सिक्सयार्ड नजिकबाट उनको पहिलो प्रहार सरस्वतीका गोलकिपर अशोक बरालबाट रिबाउण्ड भएपछि अनिलले त्यसैलाई पोस्टमा हेडिङ गरेका थिए।
एकतर्फीजस्तो देखिएको सो खेलमा मनाङले २० मिनेटमा दोस्रो गोल ग¥यो। अनिल गुरुङले डिबक्सबाहिरबाट मिलाइदिएको पासलाई डोडोज गोलकिपर विट गर्दै खाली पोस्टमा गोल गरे। त्यसअघि १५ मिनेटमा सुजलकै क्रसमा डोडोजको प्रहार टीममेट शिव श्रेष्ठसँग ठोकिएर बाहिरिएको थियो।१८ मिनेटमा सुशील केसीले गोल गर्ने अवसर गुमाए। डोडोजको क्रसममा सुशीलको हेडिङ सिक्सयार्डबक्समा ड्रब भएर क्रसबार हुँदै बहिरियो। दुई गोल गरेर हौसिएको मनाङको पोस्टमा सरस्वतीले ३४ मिनेटमा धावा बोल्यो। सब्स्टिच्युट शक्ति राईले आकर्षक गोल गर्दै खेललाई २–१ मा झारे। कृष्ण शाक्यले दिएको पासमा शक्तिले डिबक्सनजिकैबाट पोस्टमा भलिसुट हानेका थिए। शक्तिले मैदान प्रवेश गरेको आठ मिनेटमै गोल गरेका थिए। उनी ब्याक पेन भएर २६ मिनेटमा बाहिरिएका राजकुमार घिसिङको सट्टा मैदान प्रवेश गरेका थिए।कमजोर देखिएको सरस्वतीले पहिलो हाफमै दुई खेलाडी परिवर्तन गरेको थियो।
दोस्रो हाफमा मनाङले प्रदर्शनमा केही सुधार ग¥यो।आठ मिनेटमै अनिल गुरुङले मनाङको लागि व्यक्तिगत दोस्रो गोल गरे।विराज महर्जनको सहयोगमा सुशील केसीले दिएको क्रसमा अनिलले पोस्टमा उत्कृष्ट हेडिङ गर्दै खेललाई ३–१ मा पु¥याए।पोखरेली दर्शकको अपार समर्थन पाएको मनाङका लागि ८० मिनेटमा सब्स्टिच्युट दीपक राईले चौथो गोल गरे। सुशील केसीको क्रसमा शिव श्रेष्ठले हानेको प्रहार गोलकिपर अशोक बरालबाट रिबाउण्ड भएपछि त्यसैलाई दीपकले जाली चुमाएका थिए। चार मिनेटअघि मात्र सुजल श्रेष्ठले करिब २७ यार्डबाट प्रहार गरेको फ्रिकिक क्रसबारमा ठोकिएर फर्किएको थियो।
गोलको लागि बारम्बार प्रयास गरेका सुजल श्रेष्ठ ९० मिनेटमा पनि चुके। डिबक्सबाहिरबाट हानेको प्रहारलाई गोलकिपर अशोकले पञ्च गरेर फाल्ने कोसिस गर्दा रिबाउण्ड भएपछि सुजलले पुनः अर्को मौका पाएका थिए तर त्यो प्रहारलाई पनि अशोकले नै डाइभ हानेर नियन्त्रणमा लिँदै असफल पारिदिए। तीन मिनेट थपिएको इन्जुरी समयको अन्तिम मिनेटमा दीपक राईको प्रहार क्रसबारमा ठोकिएर बाहिरियो। दोस्रो हाफमा सरस्वतीले विपक्षीका प्रहार असफल पार्नमै बढी समय लगायो। टंकु लामा र विमल रानामगरले केही चान्स पाए पनि सबै व्यर्थ सावित भए।
सो खेलमा सरस्वतीका रमेश उराव र अनिल थापामगर तथा मनाङका हेम गुरुङलाई फिफा रेफ्री श्रवण लामाले एलोकार्ड देखाएका थिए।
हारपछि सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले ‘कि प्लयेर’ घाइते भएकोले राम्रो प्रदर्शन हुन नसकेको प्रतिक्रिया दिए। उनले मिडफिल्डमा बल धेरै समय रहनु पनि हारको कारण भएको बताए।
जीतपछि मनाङका प्रशिक्षक नवीन न्यौपानेले खेलाडीको प्रदर्शन राम्रो भए पनि दुई गोल गरिसकेपछि खेलाडीहरूले गेमलाई इजी लिँदा गोल खाएको टिप्पणी गरे। ‘दुई गोल गरेपछि खेलाडीले इजी लिए अनि गोल खाइयो, गोल खाइसकेपछि थप प्रेसरमा परियो’ उनले भने–‘तर दोस्रो हाफमा राम्रो प्रदर्शन भयो र थप गोल निस्कियो।’
गोल गरेपछि विपक्षी टीमलाई हेप्ने नेपाली खेलाडीहरूको प्रवृत्ति आÇनो टीमका खेलाडीमा रहेको बताए। सेमिफाइनलमा पुलिस या आर्मी जो भए पनि आफूलाई केही फरक नपर्ने प्रशिक्षण न्यौपानेको भनाइ थियो। ‘दुवै टीम उत्कृष्ट छन्, जो आए पनि गेम रोमाञ्चक हुन्छ’–उनले भने।
कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा माघ ३ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा विदेशी दुई टीमसहित १२ टीमको सहभागिता रहेको छ।
विजेता टीमलाई नगद तीन लाख ५५ हजार तथा उपविजेतालाई नगद दुई लाख एकहजार पुरस्कार प्रदान गरिने प्रतियोगितामा बेस्ट प्लयेरलाई मोटरसाइकल प्रदान गरिने छ। यस्तै बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, बेस्ट डिफेण्डर, बेस्ट गोलकिपर र बेस्ट कोचलाई जनही १५ हजार पुरस्कार प्रदान गरिने छ।
आइतबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबीच दोस्रो क्वाटरफाइनल हुने प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए।
तस्बिर सौजन्य ः उमेस पुन

 

Comment