विवेकको राम्रो सुरुवात

bibek thing1
नेपाली युथ च्याम्पियन विवेक लामाले दिल्लीमा जारी १३ औ पाश्र्वनाथ बुद्धीचाल प्रतियोगितामा राम्रो सुरुवात गरेका छन् । उनले पहिलो चरणमा फीडे मास्टर रघुननदन कौमन्दम श्रीहरी(२२८५)संग बराबरी गरेका छन् । विवेकका प्रतिद्धन्दी अन्तराष्ट्रिय स्तरमै उमेर समुहको प्रतियोगितामा राम्रो नतीजा ल्याइसकेका खेलाडी हुन् । उनले दोस्रो चरणमा अन्तराष्ट्रिय मास्टर चन्द्रशेखर गोखलेसंग खेल्ने छन् ।
पहिलो चरणमा अन्य नेपाली खेलाडी भने पराजित भएका छन् । हिमाल लामा अन्तराष्टिय मास्टर रेडी एम चक्रबर्थीसंग पराजित भए । यसैगरी सुजेन्द्र श्रेष्ठ डब्लुआइएम इरिना आन्द्रेन्कोसंग पराजित भए ।प्रतियोगितामा सहभागि विवेक र हिमाल गोल्डेनगेट चेस क्लबका खेलाडी हुन् भने सुजेन्द्र मखन  चेस क्लब तथा सुमन थापाथली चेस पार्कका खेलाडी हुन् ।
१० चरणको प्रतियोगितामा १७९ जना सहभागि छन् ।

Comment