बक्सिङ्ग खेलाडी डानियल लामा सम्मानित


पूर्वाञ्चलमा सम्पन्न सातौ राष्ट्रिय खेलकुद अन्तरगत बक्सिङ्ग खेलमा रजत पदक प्राप्त गर्न सफल खेलाडी मेथ डानियल लामा केन्द्रिय बक्सिङ्ग प्रशिक्षण केन्द्रद्वारा सम्मानित भएका छन् । उनलाई नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवालेले प्रशंसा पत्र प्रदान गर्दै त्रिपुरेश्वरस्थित केन्द्रिय बक्सिङ्ग प्रशिक्षण केन्द्रमा आईतबार सम्मान गरे । सातौं राष्ट्रिय खेलकुदमा पौडीका समेत खेलाडी रहेका लामाले ९१ केजी माथीको तौलमा पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउंदै रजत पदक प्राप्त गर्न सफल भएका थिए । लामालाई केन्द्रका बरिष्ठ प्रशिक्षक ओम मास्के तथा खेलाडीहरुले केन्द्र, जिल्ला हुंदै मध्यमाञ्चलको खेलाडीको रुपमा सातौ राष्ट्रिय खेलकुदमा रजत पदक प्राप्त गर्न सफल एक मात्र केन्द्रका खेलाडी भएकोमा गौरवान्वित हुंदै प्रशंसा पत्रद्वारा सम्मान गरेका हुन् ।
खेलाडीलाई सम्मान गर्दै बक्सिङ्ग संघका अध्यक्ष अवालेले आफु पनि साग खेलकुदका पदकधारी भएको भन्दै खेलाडीले सम्मान पाउनु गर्भको कुरा रहेको बताए ।
सम्मान कार्यक्रममा काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष दामोदर अट्टराईले अन्तराष्ट्रिय स्तरमा पदक प्राप्त गर्दै नेपालको शान राख्न सफल खेल बक्सिङ्ग भएको भन्दै सम्मानित खेलाडी लामालाई खेल पोसाक ट्रायकसुट प्रदान गरे ।
सम्मान कार्यक्रममा बक्सिङ्ग संघका पदाधिकारी, एशियाली खेलकुदका पदकधारी दीपक महर्जन, प्रथम मिस नेपाल रुवि राणा लगायतको उपस्थिती रहेको थियो ।

Comment