जुडो नेपाली खेलको मुख्य साख बनेको छ ः डंगोल


चन्द« डंगोल, जुडो प्रशिक्षक । इमान्दार र मिहेनती छबीका चन्द« हाल राष्ट्रिय टोलीको प्रशिक्षक समेत रहेका छन् । नेपाली खेलकुदकी शिर्ष खेलाडी फूपू ल्हामु खत्रीलाई जुडोमा आबद्ध गराउन चन्द«को पनि भुमिका रहेको थियो । यी नै प्रशिक्षक चन्द«संग नेपाली जुडोको समसामयीक विषयमा खेलकुद न्युजडटकमले गरेको कुराकानीको सार संक्षेप
नेपाली जुडो कतातीर लम्केजस्तो लाग्छ ?
नेपाली जुडो राम्रो भएको छ । विगतको भन्दा राम्रो छ । राष्ट्रि टोलीको प्रशिक्षण छ । क्याम्प चलीरहेको छ । सबै खेलाडी मिहेनती छन् ।
तपाइको विचारमा नेपालको महत्वपूर्ण खेल कुन होला ?
मेरो विचारमा नेपालको इज्जत जोगीएको खेल जुडो नै हो । हामीले साग खेलकुदमा स्वर्ण पदक जित्यौ । एसियाली च्याम्पियनसीपमा पदक जित्यौ । नेपालको लागि एसियाली च्याम्पियनसीपमा पदक जित्नु ठूलो कुरा हो । जुन सफलता पछिल्लो समय जुडोले नै दिलाएको छ । त्यसो त नेपाली खेलकुदको इज्जत मार्सल आर्टीस्टमा नै निर्भर छ । अन्य खेलका खेलाडी र प्रशिक्षकले पनि मिहेनत गर्नु भएको छ । तर, मलाई लाग्छ पछिल्ला केही बर्ष यता हामीले अन्य खेलको भन्दा सफलता पाएका छौ ।
हालको इज्जत धान्ने नया पुस्ताको उदय भएको छकी छैन ?अबको सम्भावना बारे के भन्नु हुन्छ ?
पहिले भन्दा जुडोको विकास धेरै भएको देखेका छौ । नेपाली खेलाडीले युरोपमा प्रशिक्षण गरिरहेका छन् । हामीले पनि केही स्तरीय खेलाडीको खेल हेर्ने अबसर पाएको कारण यसले राम्रो प्रशिक्षण गराउन सहयोग गरेको छ । यसले हाम्रा खेलाडीमा आत्मबिश्वास थपीएको छ । साथै, मनोबल पनि बढेको छ । यसै मनोबलको आधारमा उनीहरु प्रगती उन्मुख छन् । विभिन्न क्याडेट प्रतियोगिताको सफलताले पनि हाम्रो उज्वल भबीश्यको सम्भावना देखिएको छ ।
विकासमा लागि थप के गर्न आबस्यक लाग्छ होला ?
मेरो विचारमा आर्थीक कुरा सबैभन्दा प्रमुख हो । मैले नेपाली खेलाडी सम्पन्न भए मात्र सफलता पाइन्छ भनेको होइन । मैले के भन्न खोजेको हो भने पारिवारिक र ब्यक्तिगत जिवनका आबस्यकता पुरा गर्न त्यत्ति धेरै ध्यान दिन नपरोस भन्ने हो । यसले उनीहरुले खेलकुदमा मात्र आफ्नो ध्यान केन्दि«त गर्ने वातावरण बन्छ । प्रशिक्षणमा मात्र ध्यान केन्दि«त भए पछि त यसले सकरात्मक नतीजा दिलाइनै हाल्छ ।
अन्त्यमा जुडोकर्मीको तर्फबाट केही भन्नु छ ?
नेपाली खेलकुदका पछिल्ला बर्ष जुडोको प्रभावमा रह्यो । साग खेलकुद, सम्बन्धीत खेलको च्याम्पियनसीप, आमन्त्रण खेल । जहाँतही जुडोको प्रभाव रह्यो । संघको ब्यबस्थापीय दक्षता , हामी प्रशिक्षक र खेलाडीको मिहनेत सबैले गर्दा यो उचाइ हामीले पाएको हौ । तथापी यदाकदा हाम्रा सफलता नजरअन्दाज गरिएको हो जस्तो लाग्छ । म नेपाली खेलसमर्थकलाई के अनुरोध गर्न चाहन्छु भने तपाइहरुले हामीलाई पूर्ण साथ दिनु भएमा नेपाली जुडो परिवारले अझ माथिल्लो सफलता दिलाउने छ भन्नेमा हामी बिश्वस्त छौ ।

Comment