२३ खेल प्राथमिकतामा


नेपाल ओलम्पिक कमिटीको कार्यकारी बोर्ड बैठकले आगामी २०१९ मार्च मा नेपालमा आयोजना हुने १३औं दिक्षण एशियाली खेलकूदमा खेलहरु र्निधारण गर्ने सम्बन्धमा २०७४ जेष्ठ १७ गते युवा तथा खेलकूद मन्त्रालयमा भएको क्षलफल अनुसार २३ वटा खेलहरु प्राथमिकतामा राख्ने निर्णय गरेको छ । अध्यक्ष जिवनराम श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जेष्ठ २३ र २४ गते भूटानमा हुने दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकमा यसको प्रस्ताव गर्ने र्निणय गरेको छ ।
साथै सन् २०१७ मा तुर्क्मिनिस्तानको राजधानी आस्गाबाटमा आयोजना हुने एशियन ईन्डोर गेम्समा नेपालले सहभागिता जनाउने र्निणय गरेको छ । मोर्डन ओलम्पिक शुरुवात भएको दिन जुन २३ को स्मरणमा जुुन १७ देखि २३ सम्म सप्ताह भित्र सवै संघहरुलाई उत्सवको रुपमा आ—आफ्नो कार्यक्रमहरु आयोजना गर्न प्रोत्साहित गर्ने निर्णय गरिएको छ ।
यहि अगस्ट ३ र ४ मा भूटानको राजधानी थिम्पूमा आयोजना हुन गई रहेको रिजनल एन्टि डोपिङ्ग अर्गनाईजेशनको बैठक र रिजल्ट म्यानैजमेण्ट टे«निङ्गमा २ जना लाई सहभागी गराउने र्निणय पनि गरिएको छ ।

Comment