दोस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता सुरु

01ed    ‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता२०७१’ सुरु भएको छ । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालन हुने सो प्रतियोगिताको सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले पौष २५ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच उद्घाटन गरे ।
प्रतियोगितामा नेपाल एपीएफ क्लबसहित नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यू डाइमण्ड एकेडेमी, श्री चण्डेश्वरी युवा क्लब रामेछाप, ढोरपाटन स्पोर्टस टे«निङ्ग सेन्टर, पश्चिमाञ्चल भलिबल टिम र श्री गाउँ खेलकुद विकास समिति दाङ्गको टिम गरी कूल आठवटा टिमको सहभागिता रहेको छ ।
सशस्त्र प्रहरी बलले दोस्रो पटक संचालन गर्न लागेको उक्त भलिबल प्रतियोगिताको कूल पुरस्कार राशी चार लाख २५ हजार रुपैयाँ तथा ट्रफि रहेको छ ।
यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप एक थान स्कुटर प्रदान गरिनुका साथै उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेटर र उत्कृष्ट प्रशिक्षकलाई समेत जनही पाँच हजार रपैयाँ पुरस्कारको व्यवस्था गरिएको कुरा त्यसअवसरमा जानकारी दिइएको थियो ।
प्रतियोगिताको उद्घाटन लगत्तै सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित एपीएफ भलिबल कोर्टमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्बल बीच भएको उद्घाटन खेलमा एपीएफ क्बल विजयी भएको छ ।
नेपाल एपीएफ क्बलले २५–२१, २३–२५, २५–१८ र २५–१७ को अन्तरले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ  ।

Comment