एनबिए नेपाल कप भेट्रान फुटबल प्रतियोगिता सुरु

8(1)edited
‘एनबीए’ नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा ४० प्लस नेपाल भेट्रान टिमले शुक्रबार विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा ४० प्लसले आदिवासी जनजाती फुटबल टिमलाई ३–२ गोलले पराजीत ग¥यो । जितसंगै ४० प्लस क्वाटरफाइनलमा प्रवेश गरेको छ । ४० प्लसले क्वाटरफाइनलमा मनाङ मस्याङ्र्दी क्लबको सामना गर्ने छ । मनाङ वाइ पाएर सीधै क्वाटरफाइलनमा पुगेको हो ।
४० प्लसका लागि सिद्धि ब्यन्जनकारले ह्याट्रिक गरे । आदिवासी टिमका लागि हरि कार्की र राजेन्द्र खड्काले गोल गरे । खेलको दोस्रो मिनेटमा पेनाल्टी अवसर सदुपयोग गर्दै हरि कार्कीले आदिवासी जनजातीलाई १–० को अग्रता दिलाए । खेलको ३० औं मिनेटमा ४० प्लसका सिद्धि ब्यन्जकारले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
खेलको ५४ औं मिनेटमा सिद्धि ब्यजनकारले व्यक्तिगत दोस्रो गोल गर्दै ४० प्लसलाई २–१ ले अगाडि बढाए । त्यसको दुइ मिनेट पछि अर्काे गोल गर्दै ब्यजनकारले ह्याटिक पुरा गरे । खेलको ५८ औं मिनेटमा आदिवासीका लागि राजेन्द्र खड्काले गोल गरेका थिए । ‘म्यान अफ द म्याच’ चुनिएका सिद्धि ब्यन्जनकारलाई सिभिल बैंकका सिनियर कार्यकारी अधिकृत गोविन्द गुरुङले ट्रफी प्रदान गरे ।
आदिवासी जनजातीबाट पूर्व अर्थमन्त्री बर्षमान पुनले खेलेका थिए भने ४० प्लसबाट नायक धिरेन शाक्यले निर्धारित ६० मिनेट नै मैदानमा विताएका थिए ।
नेपाल बैंकर्स एसोसिएसनको मुख्य प्रायोजनमा स्पोर्ट्स फर अल क्लब नेपालद्वारा आयोजित प्रतियोगिताकोराष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले रेफ्री विनोद केसीलाई बल हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।
सो अवसरमा नेपाल बैंकर्स एसोसिएसनका प्रतिनिधि तथा सिभिल बैंकका सिइओ किशोर महर्जन, पूर्व मेयर एवं प्रतियोगिता संयोजक मदनकृष्ण श्रेष्ठ, स्पोर्टस फर अल क्लबका अध्यक्ष लोकबहादुर शाहीलगायतको उपस्थिति थियो ।
शनिवार दिनको १ बजे क्लब मोसिस, जोरपाटी र नेपाल बैंकर्स एसोसिएसनबीच पहिलो खेल हुने छ भने दोस्रो खेल दिनको ३ बजे सिएफटी चौघडा फुटबल टिम, हेटांैडा र मदनभण्डारी स्पोर्टस एकेडेमी टिमबीच हुने छ ।
माघ ३ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले ५० हजार नगर पुरस्कार र उपविजेता टिमले २५ हजार नगर पुरस्कार प्राप्त गर्ने छन् । नगर पुरस्कार मध्यपुर ठिमिका पुर्व मेयर तथा खेलकप्रेमी मदन कृष्ण श्रेष्ठले व्यक्तिगतरुपमा दिन लागेकाहुन् । प्रतियोगितामा १२ टिमको सहभागीता रहेको छ ।
क्लब मोसिस र बैंकर्सभित्र भिडन्त
श्निवार क्लब मोसिसका पुर्व चर्चित राष्ट्रिय खेलाडी तथा नेपाल बैंकर्स एसोसिएसनको टिमबाट नेपालका चर्चित बैंकिङ क्षेत्रका हस्तीहरुबीच भिडन्त हुने छ ।
क्लब मोसिसबाट बुद्ध चौधरी, राजु पुलामी, सुविन शाक्य, सन्जय श्रेष्ठ, नविन पाण्डे, विरिस गुरुङ, केल्साङ लामा, प्रदीप लामा, साजन बस्नेत, दिपक लामा, मारिओ भाल्टेर राड्रिगुइस, अशोक बज्राचार्य, रमेश थापा मगर, रमेश लामा, राजेश थापालगायतले खेल्नेछन् ।
बैंकर्स एसोसिएसनबाट बैंकिङ क्षेत्रका चर्चित व्यक्तित्वहरु मैदानमा उत्रिदै छन् । किशोर महर्जन, गोविन्द गुरुङ, विक्रम कार्की, नविन खड्का क्षेत्री, अभय राणा, जोतिप्रसाद पाण्डे, विकास थापा, नारायाणविक्रम पाण्डे, कतु पाण्डे, प्रमोद श्रेष्ठ, सन्जिव ढकाल, डम्बर शर्मा, चन्द्रप्रसाद खत्री, टुकनाथ खनाल, प्रकाश खत्री, प्रसन्न बाँस्कोटा, सागर सिंह, हरिकृष्ण राज भण्डारी, राजेन्द्र श्रेष्ठ, मोहन केसी, प्रवीण, प्रशान्त शाह, मुकेश श्रेष्ठ, योगेन्द्र पुन छन् ।

Comment