किस्क र साइपाल सेमिफाइनलमा

trinity basketball
किस्क र साइपाल एकेडेमी पाँचौं ट्रिनिटी अन्तर ए लेभल कलेज थ्री बाई थ्री छात्र बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
समूह ‘बी’ को लिग खेलमा किस्कले आयोजक ट्रिनिटी इन्टरनेसनल कलेज ‘बी’ लाई २१–९, मल्पी ‘बी’ लाई १९–८ र साइपाललाई १९–६ ले पराजित गर्दै समूह विजेता बन्यो । सोही समूहको उपविजेता हुँदै सेमिफाइनल पुगेको साइपालले मल्पी ‘बी’ लाई १५–१० र ट्रिनिटी ‘बी’ लाई १५–१२ ले हरायो ।
त्यस्तै समूह ‘ए’ बाट मल्पी ‘ए’ विजेता तथा एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका छन् ।
मल्पी ‘ए’ ले जेभियर इन्टरनेसनललाई १३–५ ले पाखा लगायो । सेमिफाइनलमा मल्पी ‘ए’ को भेट साइपालसंग हुनेछ भने एसले किस्कको सामना गर्नेछ ।

Comment