ओमद्वारा सर्टिफाईड अम्पायर कोर्ष उत्तीर्ण

नेपाली अम्पायर ओम विक्रम रानाले ब्याडमिन्टन एशिया सर्टिफाईड अम्पायर कोर्ष उत्तीण गरेका छन् । मित्र राष्ट्र चाईनाको उहान सहरमा अप्रिल २४ देखि मे १ सम्म भएको ब्याडमिन्टन एशिया च्याम्पियनसिपका दौरान एशियन ब्याडमिन्टन महासंघद्वारा आयोजना गरिएको सर्टिफाईड अम्पायर कोर्षमा सहभागी भई उक्त कोर्ष उत्तीण गर्न सफल भएका हुन् ।
अप्रिल १४ मा लिखित परिक्षामा संलग्न भएका रानाले मे १ मा प्रयोगात्मक परिक्षा दिएका थिए । श्रीलङका, बंगलादेश, ताईवान, भियतनाम, चाईना, मकाउ, मलेसिया, सिंगापुर, हङ्गकङ्ग र ईन्डोनेसियाका गरि ११ अम्पायरको सहभागिता रहेकोमा ७ जनाले उक्त कोर्ष उत्तीण गरेका थिए । त्यस मध्ये राना सवैभन्दा कम उमेरका अम्पायर थिए । अव रानाले अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरुमा अम्पायरिङ्ग गर्न पाउने छन् ।
रानाले २०१४ मा ताईवानबाट एक्रेडिटेशन कोर्ष उत्तीण गरेका थिए । उनले २०१६ अक्टोबर २ देखि १० मा ईन्डोनेसियामा भएको प्रतियोगिताका दौरान अप्राईजल कोर्ष उत्तीण गरेका थिए ।
अव नेपालमा सर्टिफाईड अम्पायर कोर्ष उत्तीर्ण गर्ने राना सहित तीन अम्पायर भएका छन् । यस अघि उक्त कोर्ष लव भक्त श्रेष्ठ र दीपक थापाले उत्तीर्ण गरि सकेका छन् ।
गोल्डेनगेट इन्टरनेशनल कलेजबाट ईन्भायरोमेन्ट साईन्समा स्नातक गरेका राना हाल उच्च शिक्षाका लागि डेनमार्कमा रहेका छन् ।

Comment