विलमलाललाई उपाधि

bilamlal 1
फिडे मास्टर विलमलाल श्रेष्ठले चेस मास्टर्स राउन्ड रोविन चेस प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित प्रतियोगितामा विलमले ५ जित, ३ बराबरी र १ मा हार व्यहोर्दै ६.५ अंक जोडे । उत्तिनै अंक जोडेका प्रतियोगितामा सहभागी सबै भन्दा कान्छा खेलाडी रुपेश जैसवालले दोश्रो स्थानमा चित्त बुझाए । रुपेश ‘कोया सिस्टम’ का आधारमा दोश्रोमा सीमित भएका हुन् । पहिलो नेपाली फिडे मास्टर मनीष हमाल तेश्रो भए । उनले ६ अंक बटुले ।
अन्तिम दिन बिलमले मदनकृष्ण कायस्थसंग बराबरी गरे भने रिजेन्द्र राजभण्डारीलाई पराजित गरे । रुपेसले जर्नादन श्रेष्ठ र  नबीन तण्डुकारलाई पराजित गरे । यस प्रतियोगितामा १सय भन्दा बढी रेटिंग बढाएका रुपेस २१०० क्लबमा प्रबेश गरेका छन् । केही दिन अघि झापामा भएको चौथो ध्रुबतारा कपमा समेत उत्कृष्ट प्रदर्शन गरेका रुपेसको अब दुइ प्रतियोगिताको परिणाम फीडेले अपडेट गरे पछि २१०० पुग्ने छ ।
वजेतालाई पूर्व मन्त्री शंकर पोखरेल, सभासद् विनोद श्रेष्ठ, नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशी, एकेडेमीका अध्यक्ष रमेश सिलवाल र महासचिव पुरेन्द्रविक्रम लाखेले एक कार्यक्रमबीच पुरस्कृत गरे । अनामनगरस्थित मदन भण्डारी मेमोरियल कलेजमा भएको पाँचदिने प्रतियोगितामा १० प्रतिस्पर्धी सहभागी थिए । प्रतियोगिता आयोजक एकेडेमीको छैटौं स्थापना दिवसका अवसरमा आयोजना गरिएको हो ।

Comment