मनीकलालाई फ्रान्समा सफलता


यसै साताको सुरुवातमा फ्रान्सको हाउन्टेनभीलमा भएको ४२ किलोमिटर माउन्टेन रेसमा नेपालकी मनीकला राइले पहिलो स्थान पाएकी छिन् । प्रोमोडेन डेन रुचेरेन नामक सो रेस जंगली बाटोमा भएका कारण आफूलाई सहज भएको मनीकलाले जनाइन् । १सय ५ धाबक रहेको सो रेस आफूले यो सत्रमा सहभागिता जनाएका अन्य भन्दा लामो भएको उनले जनाएकी छिन् ।
४ घन्टा १५ मिनेट १३ सेकेन्डमा उनले रेस पुरा गर्दा दोश्रो भएकी लाउरे डी जेक्वेटले ४ घन्टा ४७ मिनेट २९ सेकेन्डमा रेस पुरा गरिन् । सेल्भीया कोल्टेल पुनइले ४ घन्टा ५८ मिनेट १५ सेकेन्डमा रेस पुरा गर्दै तेश्रो भइन् ।

Comment