नगद पुरस्कार श्रेष्ठले प्रायोजन गर्ने

lok bahadur
‘एबीए’ नेपाल कप भेट्रान फुटबल प्रतियोगिताको विजेता र उपविजेताले पाउने नगद पुरस्कार मध्यपुर ठिमीकापूर्व मेयर एवं समाजसेवी मदनकृष्ण श्रेष्ठले प्रायोजन गर्ने भएका छन् ।
स्पोर्ट्स फर अलक्लब नेपालको आयोजनामा शुक्रबारदेखि सुरु हुने उक्त प्रतियोगिताको तयारी प्रगतिबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सोको जानकारी गराइयो । विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । श्रेष्ठ प्रतियोगितालाई सफलतापूर्वक सम्पन्नगर्न गठित २५ सदस्यीय मुलआयोजक समितिका संयोजक समेत हुन् ।
प्रतियोगितामा १२ टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष एवं राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीले जानकारी गराए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी नकआउटआधारमा खेल खेलाइनेछ ।
समूह ‘ए’मामनाङ मस्र्याङ्दीक्लब, ४० प्लस नेपाल भेट्रानटिम, आदिवासी जनजाती फुटबल टिम, सानो गौचरण नाइटकिङ क्लब, मदनभण्डारी स्पोर्ट्स एकेडेमी टिम र ब्वाइज युनियन क्लब रहेका छन् । त्रिभूवन आर्मी क्लब, जाउलाखेल युथ क्लब, सीएफटी चौघोडा भेट्रान टिम हेटौंडा, क्लब मोसिस्, जोरपाटी, नेपाल बैंकर्स एसोसिएसन (एनबीए) टिम र एनआरी क्लब, न्युरोड समूह ‘बी’माछन् ।
मणि विक्रम शाह, पूर्व अर्थमन्त्री एवं युवा नेता वर्षमान पुन, नायक धीरेन शाक्य, श्याम थापा, सुन्दर थापा, अन्जित बस्नेत, अजर अधिकारी र नरेन्द्र श्रेष्ठ लगायतले विभिन्न टिमको प्रतिनिधित्व गरी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगतामा ४० वर्ष पूरा गरेकाले मात्र सहभागी हुन पाउने प्रावधान छ । खेल अवधि जम्मा ६० मिनेटको हुनेछ ।
पत्रकार सम्मेलनमा अध्यक्ष शाहीले पूर्व खेलाडीहरुलाई एकै थालोमा उपस्थित गराइ पुराना दिनलाई ताजा बनाउन प्रतियोगिता सफल सावितहुने विश्वास व्यक्त गरे । उनले पूर्व फुटबलरहरुवाई.बी. घले, श्रीराम रन्जितकार, अशोक केसी र मणि शाहलाई प्रतियोगताबाट उठेको केहि रकम उपचारका निम्ति सहयोग गर्ने जानकारी गराए ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को मुख्य प्रायोजनमा हुने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामाहुनेछ । फाइनलमाघ ३ गते हुनेछ ।

Comment