खेलकुद र सामाजीक जिवनमा उत्तिकै सक्रिय


नेपालको पूर्वी पहाडको फरक सभ्यता । अदुवा, अलैची, चिया, दुध र ललीपप । आर्थीक समृद्धीका लागि यी सबै पर्याप्त बने । सास्कृतीक रुपमा काठमाडौ मात्र होइन, भारतका सिक्कीम र पश्चिमबंगालसंग पनि जोडीए । शिक्षामा अग्रणी र सस्कारमा अब्बल । यसै भुभागमा पर्छ, पाचँथरको रानीटार । सामाजीक भावना भएको र खेलकुदमा पनि चासो भएको क्षेत्र । त्यसो त सुदुरपूर्वी पहाडको मार्सल आर्ट र फुटबलमा उत्तिकै योगदान रहदै आएको छ ।
फुटबलको एएफसी बी लाइसेन्स प्रशिक्षक र सामाजीक सस्था धन बच्चु प्रतिस्ठानकी प्रमुख गीता कठेत सामाजीक र खेलकुदमा उत्तिकै अब्बल मानीन्छीन् । सस्थाको नाम बाबु धन प्रसाद र आमा बच्चु मायाको नामसंग जोडीएको हो । २८ बर्षे गीता बाल्यकाल देखि नै अचम्मको स्वभाबको । आफूसंग बाबु आमाले दिएको खर्च जोगाएर भए पनि अन्य दुखी देख्दा सहयोग गर्न तत्पर हुने । यसै तत्परताले उनलाई समाज सेवामा जागरुप गरायो ।


खेलकुदको क्षेत्रमा उनको उपश्थिती पनि बाल्य काल देखिनै । हर्क नेम्बाङ्ग पार्चथरमै प्रशिक्षक थिए । उनले विद्यालय तहमा नै फुटबल खेल्न सुरु गरिन् । त्यस पछि इलाम आएकी उनले पूर्वाञ्चलको प्रतिनिधीत्व गर्दै धेरै खेल खेलिन् । विद्यालय तहमा नै रहदा उनले एन्फा मायोज फुटबलमा सहभागिताको अबसर पाइन् । ०६१ देखिको यो क्रम ०६४ मा आउदा पाचँथरलाई आफ्नो नेतृत्वमा उपाधि नै दिलाउन सफल भइन् । उनको टोलीले फाइनलमा मोरंगलाई पराजित गर्दा हालकी चर्चीत खेलाडी दिपा अधीकारी लगायत राम्रा खेलाडी मोरङ्गमा थिए ।
नेपाली खेलकुदमा थुप्रै चुनौती छन् । अझ फुटबलमा । समाजमा सकरात्मक छबी, साजीक जिम्मेवारी बहन र आफ्ना शिष्यको उत्कृष्ट प्रदर्शन उनको चासो हो । हाल सोसाइलटल उच्च माबी बानेश्वर,सोभीनीयर स्कुल र पाठशालाको शिष्यको प्रदर्शन, अनुशाषन र सम्मानीत जिवनको बाटो उनका चासो हुन् ।
खेलाडीको रुपमा उनको प्रदर्शन औषत रहे पनि त्यो समयको अनुभब प्रशिक्षक जिवनका लागि महत्वपूर्ण सावित हुने बिश्वासमा गीता छिन् । २०६० देखि एन्फmा मायोजमा सहभागि उनी २०६६ मा पीएलएको आयोजना गरेको राष्ट्रब्यापी फुटबलमा आफ्नो टोलीलाई पहिलो गराउन सफल सफल भएकी थिइन् । छैटौ राष्ट्रिय खेलकुदमा उनकै नेतृत्वमा पूर्वाञ्चल सहभागि भएको थियो ।


खेलाडी जिवन पछि प्रशिक्षक जिवनमा आफूलाई अब्बल सावित गर्ने क्रममा उनले सन् २०१३ माएएफसी सि लाइसेन्स कोर्ष पुरा गरिन् । स्कुल स्पोर्ट्स टिचरको कोर्ष पछि सक्रियता बढाएकी उनले सन् २०१३ मै एन्फा युथ डेभ्लप्मेन्ट कोचीङ्ग कोर्ष पुरा गरिन् ।

गत बर्ष बी लाइसेन्स पुरा गरेकी उनले गत महिना एसी मिलानको टोलीसंगै भोलन्टीयरको रुपमा काम गर्दा धेरै सिक्ने मौका पाएकी थिइन् । फुटबलमा प्रशिक्षक जिवनलाई क्यारियरलाई जिवन ठान्ने थोरै महिला मध्य गीताको पनि अबका ध्यान ठूला प्रतियोगितामा केन्दि«त छ । उनको लक्ष्य आफ्ना शिष्यको स्तरीय प्रदर्शन हो । सामाजीक अनुशाषन त प्राथमिकता भइ हाल्यो ।

Comment