व्ह्ीलचेयरमा भीमबहादुर प्रथम


सागर लामाले पाँचौं पारा पौडी प्रतियोगिताको दृष्टिविहीन पुरुषतर्फ मंगलबार स्वर्ण जितेका छन् । सागर विष्ट दोश्रो भए । नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघद्वारा जोरपाटीमा आयोजित प्रतियोगिताको पुरुष व्ह्ीलचेयरमा अक्कलबहादुर तामाङले स्वर्ण, दीपक तामाङले रजत र विराज भट्टले कांस्य जिते । सोही स्पर्धाको महिलामा अनु राई पहिलो, जेनिशा कठायत दोश्रो र निर्मला कार्की तेश्रो भए ।
पुरुष व्ह्ीलचेयरको इन्पुटी समूहमा भीमबहादुर कुमार प्रथम, जंगबहादुर रुचाल मगर द्वितीय र रमेश खत्री तृतीय भए । चारै स्पर्धामा पहिलो हुनेलाई नगद २ हजार पुरस्कार प्रदान गरियो ।
विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहालले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । एकदिने प्रतियोगितामा ३० जनाले प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव ऋषि ढकालले जनाएका छन् ।

Comment