अर्थ सड्ढलन उपसमितिको बैठक सम्पन्न

aaha rara logo
पोखरा
सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ २० गतेदेखि फागुन २ गतेसम्म पोखरामा सञ्चालन हुने राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरको अन्तरक्लब आमन्त्रित तेह्रौँ आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता–२०७१ लाई सफलतापूर्वक सम्पन्न गर्न अर्थ सड्ढलन उपसमितिको संयोजक प्रकाश शेरचनको अध्यक्षतामा बैठक सम्पन्न भएको छ।
बैठकमा सहप्रायोजक, उपप्रायोजक, उप–सहप्रायोजक, प्रायोजक एवं व्यानरको लागि बजारमा आवश्यकमात्रमा स्वयंसेवक परिचलन गरि अर्थ सड्ढलन गर्ने निर्णय भएको सचिव केशबबहादुर थापाले बताए। प्रतियोगितामा आ–आफ्नो व्यापार, व्यवसायको व्यापक विज्ञापन गर्ने अवसर पाउनु साथै सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा फुटबल एकेडेमीलाई सहयोग गरि सामाजिक दायित्व पूरा गर्ने अवसर मिल्ने भएको हुँदा सम्बन्धित सबैलाई सहयोगको लागि क्लबले अनुरोध गरेको छ।
अर्थ सड्ढलन समितिका १५ सदस्यको उपस्थिति रहेको सो बैठकमा प्रतियोगिता सिङ्गो कास्की जिल्ला एवं पश्चिमाञ्चलकै ईज्जत र प्रतिष्ठाको विषयवस्तु भएकोले सम्पूर्णलाई आ आफ्नो तह र तप्काबाट महŒवपूर्ण सहयोगको लागि प्रतियोगिता समयावधिभर बन्द, हडताल नगर्न पनि सम्बद्ध सबैमा अनुरोध गरेको क्लबका अध्यक्ष वीरभद्र आचार्यले बताए।एजेन्सी

Comment