मुक्केवाज पुरन र दिपक परिजित


एएसबीसी एलाईट बक्सिङ च्याम्पियनसिपमा सहभागी भएका मुक्केवाज पुरन र दिपक आइतवार साझ पराजित भएका छन् । उज्बेकिस्तानको तास्केन्ट शहरमा भएको पुरुष ५६ केजी तौल समूहमा नेपालका पुरन राईले उत्कृष्ट खेल प्रदर्शन गरेपनि सफलता हात पार्न सकेनन् । तीन राउण्ड सम्म डटेर प्रतिस्पर्धा गरेका मुक्केवाज पुरन अंकका आधारमा ताजकिस्तानका खेलाडि भोहिडोभ एशोरसग अंकका आधारमा पराजित भएका थिए । त्यस्तै अर्का मुक्केवाज दिपक श्रेष्ठ ६४ केजी तौल समूहमा इरानका खेलाडि अरमास इस्माइलसग अंककै आधारमा पराजित भए । दिपकले पनि तीन राउण्ड सम्म डटेर मुक्का प्रहार गरेपनि सफलता हात पार्न सकेनन् । एशियाका २८ राष्ट्रले सहभागिता जनाएको प्रतियोगिता वल्ड च्याम्पिसनशिपको छनोट चरणको खेल समेत भएकाले नेपाली मुक्केवाजले सो अवसर गुमाएको नेपाल बक्सिङ संघका सदस्य श्याम अवालेले जानकारी गराएका छन् ।

Comment