गुरु र पल्लवीले जिते दक्षिण एशियाली ट्राईयाथलन


भारतका गुरुदत्त र पल्लवी रेतिवालाले पोखरामा सम्पन्न पाँचौं दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिप २०१७ को उपाधी जित्न सफल भएका छन् । गुरुदत्तले स्प्रिन्टको ७५० मिटर पौडी, १० कि.मि. साईक्लिङ्ग र ५ कि.मि दौड ५४ मिनट ५१ सेकेन्डमा पुरा गर्दै १२ औं दक्षिण एशियाली खेलकुदमा प्रथम स्थान हात पारेका भारतीय खेलाडी दिलिप कुमारलाई पछाडी पार्दै उपाधी जितेका हुन् । दोश्रो स्थानमा आएका दिलिपले ५५ मिटन ५९ सेकेन्डमा दूरी पुरा गरे । तेश्रो स्थानमा नेपालका बशन्त थारु रहे । उनले उक्त दूरी ५६ मिनट १२ सेकेन्डमा पुरा गरे ।
महिला तर्फको प्रतिस्पर्धामा १२ औं दक्षिण एशियाली खेलकुदकी स्वर्ण धारी पल्लली रेतिवालाले १ घन्टा १ मिनट ३ सेकेन्ड समयका साथ उपाली कब्जा गर्दै आफुलाई दक्षिण एशियामा उत्कृष्ट खेलाडी भएको प्रमाणित गरिन् । दोश्रो स्थानमा नेपालकी सोनी गुरुङ्ग र तेश्रो स्थानमा १२ र्औ दक्षिण एशियाली खेलकुदमा तेश्रो स्थान हात पार्न सफल रोजा के.सी रहिन् । सोनीले उक्त दूरी १ घन्टा ६ मिनट २ सेकेन्ड र रोजाले १ घन्टा ८ मिनट ४ सेकेन्मा पुरा गरे ।
यस्तै छ्रैटौं राष्ट्रिय ट्राईयाथलन प्रतियोगितामा नेपाल आर्मीले पुरुष तर्फको तिनै स्थान हात पारे । सेनाका बशन्त थारुले ५६ मिनट १२ सेकेन्डमा साथ स्वर्ण पदक प्राप्त गरे । दोश्रो स्थानमा रहेका हिमाल टमाटाले ५८ मिनट १ सेकेन्ड र तेश्रो स्थानमा रहेका रुद्र कटुवालले ५८ मिनट ४८ सेकेन्डमा पुरा गरे ।
महिला तर्फको राष्ट्रिय प्रतिस्पर्धामा एपिएफकी सोनी गुरुङ्गले स्वर्ण पाईन् । उनले १ घन्टा ६ मिनट २ सेकेन्डमा दूरी पुरा गरिन् । दोश्रो स्थानमा रहेकी रोजाले १ घन्टा ८ मिनट ४ सेकेन्डमा दूर िपुरा गरिन् भने तेश्रो स्थानमा नेपाली सेनाकी यम कुमारी भुजेल रहिन् । उनले १ घन्टा १८ मिनट ५९ सेकेन्डमा दूरी पुरा गरिन् ।
माछापुच्छ«ेको काखमा रहेको पर्यटकिय स्थल फेवातालमा भएको च्याम्पियनसिपको दुवाथलन तर्फको प्रतिस्पर्धामा नेपाली सेनाका मान बहादुर थापाले ५ कि.मी.दौड, २० कि.मी. साईक्लिङ्ग र २.५ कि.मी दौड १ घन्टा १ मिनट र ३९ सेकेन्डमा पुरा गर्दै स्वर्ण पाए । यस्तै एपिएफका किरण कुमार मल्लले १ घन्टा ३ मिनट र ४५ सेकेन्डमा साथ रजत र सेनाका अच्युत पराजुलीले १ घन्टा ३ मिनट र ५१ सेकेन्डका साथ कास्य पाए ।
महिला तर्फ आर्मीकी मन्जुकुमारी खड्काले उक्त दूरी १ घन्टा १७ मिनट ५० सेकेन्डका साथ स्वर्ण र पुष्पाकुमारी भण्डारीले १ घन्टा १८ मिनट २० सेकेन्डका साथ रजत पाईन् । यस्तै जुनियर पुरुष तर्फ काठमाण्डौका नितेश मानन्धरले १ घन्टा १ मिनट र ४१ सेकेन्डका साथ स्वर्ण, देवेश मानन्धरले १ घन्टा २ मिनट ४३ सेकेन्डका साथ रजत पाए । महिला तर्फ रोजाले १ घन्टा ८ मिनट ४ सेकेन्डका साथ पहिलो स्थान पाईन् ।
यस अघि च्याम्पियनसिपको युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले उद्घाटन गरेका थिए । च्याम्पियनसिपको उद्घाटन गर्दै मन्त्री श्रीपालीले यो खेल साहसिक र पर्यटकीय खेलकुद भएको भन्दै पोखरा पर्यटकिय क्षेत्र भएकोले यस पोखरालाई पर्यटकिय साहसिक खेलकुदको क्षेत्र बनाउन सरकारको तर्फबाट आफु लागि पर्ने बताए । उनले विशेषत पोखरालाई ट्राईयाथलन खेलकुद क्षेत्र बनाउन लागि पर्ने भन्दै निजी क्षेत्रलाई पनि यस क्षेत्रलाई पर्यटकिय खेलकुद क्षेत्र स्थापनको लागि पहल गर्न पर्नेमा जोड दिए । उनले पोखरालाई दक्षिण एशियाली ट्राईयाथनल ट्रेनिङ्ग सेन्टर बनाउन पहल गर्ने समेत बताए ।
विजयी खेलाडीहरुलाई लेफ्टिनेन्ट कर्णेल उज्वल थापा, बंगलादेश ट्राईयाथलन संघका महाासचिव मि.महमुद, केन्द्रि उपाध्यक्ष दीपक कोईराला, कास्की जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष सुमन देवकोटालगायतले पुरस्कार वितरण गरेका थिए ।

Comment