मनकामना केबलकार पोखरा कपको उद्घाटन खेलमा सरस्वती विजयी

manakamana opening
प्रेमनारायण न्यौपाने
पोखरा
कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा मड्डलबारदेखि पोखरा रड्डशालामा मनकामना केबलकार पोखरा कप–२०७१ सुरु भएको छ।
उद्घाटन खेलमा ए डिभिजनको क्लब सरस्वती क्लब विजयी भएको छ। उसले झापाको रोलिङ क्लबलाई १–० ले पराजित ग¥यो। सरस्वतीको जीतमा म्यान अफ दी म्याच कृष्ण शाक्यले पेनाल्टीमा गोल गरेका थिए।दुई मिनेट थप गरिएको पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रोलिङ क्लबका विकास गौचनले सरस्वतीका विमल रानामगरलाई डिबक्सभित्र लडाएपछि फिफा रेफ्री श्रवण लामाले सरस्वतीलाई पेनाल्टी हान्ने अवसर दिएका थिए। त्यसमा कृष्ण शाक्य कति पनि चुकेनन्। दोस्रो हाफमा रोलिङ क्लबले उत्कृष्ट प्रदर्शन गरे पनि गोल फर्काउन सकेन र पहिलो खेलमै पराजित हुनुप¥यो।
हारपछि पोस्ट म्याच कन्फेरेन्समा रोलिङ क्लबका प्रशिक्षक गम्भीर राईले आÇनो टीममा राम्रो स्ट्राइकर नभएकोले पराजित भएको प्रतिक्रिया दिए।
विजेता टीम सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले टीम सेट मिल्न नसकेकोले खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेको स्वीकर गरे। उनले बँकी तीन दिन टीम सेटको लागि समय पाएकोले मनाङमस्र्याङ्दी क्लबविरुद्धको खेलमा आफूहरूको प्रदर्शनमा सुधार आउने दाबी गरे। उनले मनाङविद्धको खेलमा स्ट्राइकर राजकुमार घिसिङलगायत केही खेलाडी समावेश हुने बताए।सरस्वतीले लिग च्याम्पियन मनाङसँग पुस २६ गते क्वाटरफाइनलको लागि प्रतिस्पर्धा गर्नेछ।
बुधबार पोखरामा सर्वाधिक सफल नेपाल पुलिस क्लब र रुपन्देही फुटबल सङ्घबीच दोस्रो खेल हुने उपाध्यक्ष एवं प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए।
माघ ३ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा विदेशी दुई टीमसहित १२ टीमको सहभागिता रहेको छ। पोखरा कपको चौथो संस्करणको रूपमा रहेको प्रतियोगितामा विदेशीतर्फ हङकङको एभरेष्ट फुटबल क्लब र भूटानको बिसी एफसीको सहभागिता रहेको छ। यस्तै स्वदेशीतर्फ आयोजक पोखरा–११, ए डिभिजनका विभागीय टीम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, लिग एवं डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, सरस्वती क्लब तथा रूपन्देही फुटबल सङ्घ, धरान फुटबल क्लब र झापाको रोलिङ फुटबल क्लब रहेको छ।
विजेता टीमलाई नगद तीन लाख ५५ हजार तथा उपविजेतालाई नगद दुई लाख एकहजार पुरस्कार प्रदान गरिने प्रतियोगितामा बेस्ट प्लयेरलाई मोटरसाइकल प्रदान गरिने क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए।यस्तै बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, बेस्ट डिफेण्डर, बेस्ट गोलकिपर र बेस्ट कोचलाई जनही १५ हजार पुरस्कार प्रदान गरिने छ।
१२ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दर्शकको सुविधाको लागि पहिलो चरण र दोस्रो चरणका खेलसम्म  रु. ५० तथा  क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलको लागि रु. एक सयको टिकट व्यवस्था गरिएको छ।
प्रतियोगिता सञ्चालन गर्न ६२ लाख खर्च तथा सोही बराबरको आम्दानी हुने अपेक्षा गरिएको अर्थ सड्ढलन उपसमितिका संयोजक मदन केसीले जानकारी दिए।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले गरेका थिए।
कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष धरमबिहादुर लामिछनेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एवं प्रतियोगिता संयोजक मिलन गुरुङले स्वागत मन्तव्य र महासचिव राजन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।

Comment