नेपाली खेलाडीको हार

mayanka rana
भारतको चन्द्रगढमा जारी आइटिएफ ग्रेड थ्री जुनियर टेनिस प्रतियोगितामा नेपाली खेलाडीहरुले पराजयको सामना गरेका छन् । सोमबार साझ भएको खेलमा नेपालकी मायंका राणा शिर्ष बरियताकी भारतीय खेलाडी प्रान्जलासंग ६–१,६–१ ले पराजित भइन् । अर्को खेलमा चाइनिज ताइपेइकी खेलाडीसंग माहिका राणा ६–१,६–० ले पराजित भइन् । नेपाली टोलीले चन्द्रगढ पछि दिल्लीमा हुने प्रतियोगितामा सहभागिता जनाउने छ ।

Comment