प्रमोद मेमोरियल पौडी हुने

हंगेरीको बुढापेस्टमा हुने १७ औं विश्व पौडी प्रतियोगितामा सहभागी हुन खेलाडीहरुको अन्तिम छनोट गर्ने उद्देश्यले नेपाल पौडी संघले आगामी जेठ १४ र १५ गते आठौं प्रमोद मेमोरियल कप उमेरसमूह तथा खुला पौडी प्रतियोगिता सञ्चालन गर्न लागेको छ । सातदोबाटोमा हुने सो प्रतियोगिताको नतिजाको आधारमा सबै भन्दा बढी फिना अंक प्राप्त गर्ने समान २–२ पुरुष÷महिला गरी ४ जना खेलाडी छनोट हुने नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् । उमेरसमूहका खेलाडीलाई प्रोत्साहन गर्न उमेरसमूहका स्पर्धा समेत समावेश गरिएको संघले जनाएको ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न संघका कोषाध्यक्ष श्यामसुन्दर अधिकारीको संयोजकत्वमा मुल व्यवस्थापन समिति गठन गरिएको छ ।
त्यस्तै प्राविधिकमा राजेश वज्राचार्य, अर्थ व्यवस्थापनमा नाजिरउद्दिन मुस्लिम, मार्केटिङ तथा अर्थ संकलनमा सागर शाक्य र पारस श्रेष्ठ, समारोहमा मुकुन्दराज शर्मा, प्रचार प्रसारमा बासुदेव निरौला तथा प्रतियोगिता व्यवस्थापनमा रत्नलाल महर्जन संयोजक रहने गरी विभिन्न उपसमिति पनि गठन गरिएको छ ।

Comment